मृतकका परिवारलाई प्रवासीहरुको आर्थिक सहयोग

  सिलिचुङ समाचारदाता

भोजपुर । पहिरोमा परि ज्यान गुमाएका परिवारलाई भोजपुर हातेमालो सेवा समाज युएईले आर्थिक सहयोग गरेको छ । समाजले दुवईमा सहयोग अभियान मार्फत एक लाख ४ हजार ७ सय ३३ रुपैँया आर्थिक सहयोग गरेको हो ।
सामाजले भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका मृतक जनक विकको परिवारलाई २५ हजार ९ सय ७९, रामप्रसाद राई गाउँपालिका–७ बासीखोराका जगतवहादुर राईको परिवारलाई २५ हजार ९ सय ७९ र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङमा ज्यान गुमाएका एकै घरका ३ जनाको परिवारलाई ५२ हजार ७ सय ७५ र साउदीबाट सुदिप वस्नेतले पठाएको १५ हजार ४ सय ५५ गरि ६८ हजार २ सय ३० रुपैंया सहयोग गरेको समाजका बरिष्ठ उपाध्यक्ष छिरिङ शेर्पाले बताए ।
समाजले रकम संकलनका लागि ३ जनाको संयोजकत्वमा समिति गठन गरेको थियो । जस अनुसार दुवई क्षेत्रमा केन्दिय सचिव दिपक थापा, अलेएन क्षेत्रमा हेम भण्डारी र अवुधावी क्षेत्रमा महासचिव रामकुमार तिरुवालाई संयोजकको जिम्मेवारी दिईएको समाजले जनाएको छ । समाजको वैठकले उत्कृष्ट काम गरेको भन्दै संयोजक तथा सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
रकम रामप्रसाद राई गाउँपालिकाका मृतकका परिवारलाई गाउँपालिका अध्यक्ष विजय राई र टेम्केमैयुङ गाउँपालिकामा गाउँपालिका अध्यक्ष ध्रुवराज राईले विहिबार हस्तान्तरण गरेको समाजका केन्द्रिय अध्यक्ष भिम थापाले जानकारी दिए। गत असारमा परेको अरिवल वर्षातका कारण रामप्रसाद राई गाउँपालिकामा ४ जना र टेम्केमैयुङ गाउँपालिकामा एक जनाको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार