आइफोन ११ सिरिज सार्वजनिक

अमेरिकी स्मार्टफोन कम्पनी एप्पलले आइफोनको नयाँ सिरिज सार्वजनिक गरेको छ। कम्पनीले विश्वव्यापीरुपमा सार्वजनिक गरेको हो

एप्पलले आइफोन ११ लाई आइफोन एक्सआरको अपग्रेड भर्सन भएको जानकारी दिएको छ। यो फोनलाई विशेषगरी अन्य ब्रान्डका उच्च मूल्यका स्मार्टफोनसँगको प्रतिस्पर्धामा उतार्नका लागि पेश गरेको छ।

कम्पनीले आइफोन ११ प्रो र प्रो म्याक्स पनि सार्वजनिक गरेको छ।

आइफोन ११ मा दुईवटा क्यामेरा रहेका छन्। यसमा वाइड र टेलिफोटोका लागि लेन्स राखिएको कम्पनीले जानकारी दिएको छ। त्यस्तै यसमा थप नाइटमोड हुने छ। जसले थोरै प्रकाश भएको ठाउँमा पनि स्पष्ट फोटो खिच्न सहयोग पुग्ने कम्पनीको दाबी छ।

त्यस्तै यसमा भिडियोका लागि फोरके क्वालिटीको सट लिन सकिने छ। सोलो मोसन, टाइमल्याप्स, सिनेम्याटिक भिडियो स्टेवलाइजेशन तथा विस्तारित डाइनामिक रेन्जजस्ता फिचर्स रहेका छन्। यसमा थप इन्स्टाग्राम स्टाइलको भिडियो खिच्ने सुविधा पनि रहेको छ।

आइफोन एक्सआरको पग्रेड भर्सन भनिएको यो स्मार्टफोनको ब्याट्री भने थप १ घण्टा बढी टिक्ने कम्पनीको दाबी छ। यो फोनको विश्व बजारमा ६९९ अमेरिकी डलरबाट मूल्य शुरु हुने कम्पनीले जानकारी दिएको छ। यसको बुकिङ शुक्रबारदेखि शुरु हुने छ। तर यो फोनको मूल्य आइफोन एक्स आरको मूल्यभन्दा बढी नहुने कम्पनीले प्रष्ट पारेको छ।

आइफोन ११ विभिन्न ६ कलरमा उपलब्ध हुने छ। कम्पनीका अनुसार ह्वाइट,ग्रिन,यलो,पर्पल,ब्ल्याक र रेडमा उपलब्ध हुने छ। यसको डस्प्ले ६.१ इन्च रहेको छ।

आइफोन ११ प्रो

एप्पलले प्रो सिरिजमा पनि नयाँ आइफोन सार्वजनिक गरेको छ। यसमा प्रो र प्रो म्याक्स रहेका छन्। तीनवटा क्यामेरा भएका यो सिरिजका फोन किफायति र प्रिमियम क्वालिटीमा भएको कम्पनीले जानकारी दिएको छ।

एप्पलको नयाँ आईओएस १३ प्लेटफर्ममा चल्ने यी फोनमा प्रो को डिस्प्ले ५.८ र प्रो म्यक्सको ६.५ इन्च रहेको छ। यी फोनका पछाडी ३ वटा लेन्स छन्। प्रो क्यामेरा सिस्टम नाम दिइएको यसमा वाइड,अल्ट्रा वाइड र टेलिफोटो लेन्स रहेका छन्। यी फोनमा पनि नाइट मोड रहेको छ जसले गर्दा रातिको समयमा वा थोरै प्रकाश भएको ठाउँमा फोटो र भिडियो क्वालिटी राम्रो हुने छ।

यी फोनमा आइफोन एक्स म्याक्सको तुलनामा पाँच घण्टा बढीको ब्याट्री लाइफ हुने कम्पनीको दाबी छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार