भाेजपुरमा प्रभातफेरि गरेर मनाईयो संविधान दिवस २०७६ (फाेटाे फिचर)

  सिलिचुङ समाचारदाता

भोजपुर । संविधान दिवसको अवसरमा शुक्रबार बिहान प्रभातफेरीसहित विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ । बिहान ७ बजे भोजपुर सदरमुकामको जिरो प्वाईन्टबाट सुरु ¥यालीमा जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ता, जनप्रतिनिधी, सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधी, नागरिक समाजका अगुवा, सञ्चारकर्मी तथा सुरक्षाकर्मी सहभागी थिए ।
प्रभातफेरीको ¥याली बजार परिक्रमा गरी सहिदपार्कको प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा सहभागी स्थानीय र राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले देशमा आएको नयाँ संविधानको दिवसमा बलिदान गर्ने सहिदहरुलाई एकदिन मात्र नसम्झेर उनीहरुले सोचे जस्तो समृद्धसाली देश निर्माणमा एकजुट भए मात्र सहिदहरुप्रतिको सच्चा श्रदाञ्जली हुने टिप्पणी गरेका थिए ।
राजनीतिक दलहरुले एकआपसमा आरोप प्रत्यारोप गर्नुभन्दा देशको विकास, शान्ति र राजनीतिक स्थिरता कायम गर्न एक जुट भएर लागेमात्रै दिवसले सार्थकता पाउने प्रजिअ नुरहरि खतिवडाले धारणा राखे । कार्यक्रममा दिवसका अवसरमा आयोजित जनप्रतिनिधी र कर्मचारीविचको फुटबल प्रतियोगिताका विजेताहरुलाई प्रमाण पत्रसहित नगद पुरस्कारसमेत वितरण गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार