ढुकढुकी बढाउँदै हट अदिती (फोटो फिचर)

अदिती वुढाथोकीलाई नेपाली चलचित्रका दर्शकले विर्सिएका छन् । २ बर्ष अगाडि रिलिज भएको चलचित्र ‘कृ’की मुख्य नायिकाले दर्शकमा आफ्नै प्रकारको प्रभाव पारिन् । तर, चलचित्रमा डेब्यू गर्दा उनीमाथि जुन खालको अपेक्षा थियो, त्यो चलचित्र रिलिज भएपछि पुरा हुन सकेन ।

यसपछि, चलचित्र बनाउने मेकरले अदितीलाई चलचित्रका लागि अफर गर्न त्यती रुची देखाएका छैनन् । अदिती पनि हतार छैन भन्दै मुम्बइमा नै मोडलिङ गरिरहेकी छिन् । तर, अदिती वुढाथोकीले चलचित्रमा काम नगरेपनि उनको इन्स्टाग्राम पोष्टले भने फ्यानको ढुकढुकी बढाउने गरेको छ ।

इन्स्टामा विभिन्न ब्रान्डका विज्ञापनहरु पोष्ट गरेर उनले राम्रै रकम आम्दानी समेत गर्ने गरेकी छिन् । तर, उनी इन्स्टामा हिटसँगै हट पनि छिन् । हालैमात्र, उनले पोष्ट गरेको स्विमिङ पूलमा रमाएपछिको तस्वीरले उनका फ्यानहरुको ढुकढुकी बढाएको छ ।

चलचित्र ‘कृ’मा साधारण गाउँकी यूवतीको भूमिकामा देखिएकी अदिती इन्स्टामा भने बोल्ड बन्ने गर्छिन् । तर, अदितीका लागि चलचित्रमा पनि काम गर्न आवश्यक छ । होइन भने, उनलाई दर्शकले इन्स्टाग्रामको तस्वीर मात्र हेरेर सधै संझन्छन् भन्ने छैन ।

हेर्नुहोस् अदितीका इन्स्टाग्रामका हट फोटोहरु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार