नेकपा भाेजपुरले दुई करोडको कार्यकर्ता संरक्षण अक्षयकोष स्थापना गर्दै, १५ विभागको जिम्मेवारी बाँडफाँड

  सिलिचुङ समाचारदाता

भोजपुर । नेपाल कम्यूनिष्ट पार्टी ‘नेकपा’ भाेजपुरकाे पहिलो पटक बसेको सचिवालय वैठकले दुइ करोडको कार्यकर्ता संरक्षण अक्षयकोष स्थापन गर्ने भएको छ । पार्टी कार्यालयमा शनिबार पत्रकार सम्मलेन गरि दुई दिनसम्म सञ्चालन भएको वैठकले पारित गरेको निर्णय सार्वजनिक गरेको हो । जसको संयोजकमा भोजपुर इन्चार्ज सुदन किराती, सह–संयोजक भोजपुर सहइन्चार्ज हरिवहादुर राई सहित १३ सदस्य कमिटि निर्माण भएको पार्टीले जनाएको छ ।


वैठकले निर्वाचन क्षेत्र, नगरपालिका तथा गाउँपालिकाका सह–इन्चार्ज र विभिन्न १७ विभागमध्ये १५ ओटा विभाग गठन गरेको गरी जिम्मेवारी बाँडफाँड गरेको जानकारी दिइएको छ ।

निर्वाचन क्षेत्र कमिटि तर्फ क्षेत्र नं ‘क’ को संयोजकको जिम्मेवारी दौलत कुलुङलाई दिएको छ, भने सचिवको जिम्मा डिल्लीराम अधिकारीलाई दिएको पार्टीले जनाएको छ ।
त्यस्तै क्षेत्र नं ‘ख’ संयोजकको जिम्मेवारी टिकाराम प्रधानलाई र सचिवको जिम्मेवारी चन्द्रमा राईलाई दिइएको जनाइएको छ ।
नगर तथा गाउँपालिका सह–इन्चार्जतर्फ अरुण गाउँपालिका बविन्द्र रसाइली, पौवादुङमा गाउँपालिका सम्झना राई, रामप्रसाद राई गाउँपालिका सुर्यवहादुर राई, आमचोक गाउँपालिका बहादुर राई, हतुवागढी गाउँपालिका राजेन्द्र राई, त्यस्तै भोजपुर नगरपालिकाको जिम्मेवारी धर्म किरातीलाई दिएको पार्टीले जनाएको छ ।
त्यस्तै गरि पार्टीको निर्णय विधि र पार्टीको अनुशासन उलङ्घन गरेको भन्दै भोजपुर नगरपालिका १२ टक्सारका वडा अध्यक्ष कुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्वन गरेको छ, अनुशासन उलङ्घनको विषयमा राजकुमार दंगालको नेतृतवमा तीन सदस्य छानविन कमिटि गठन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार