Loading…

भोजपुरमा पहिलो पटक विदेशी पर्यटकको स्वागत (फोटो फिचर)

  सिलिचुङ समाचारदाता

भोजपुर । भोजपुरमा पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै विदेशी पर्यटक भित्रिन थालेका छन् । नेपाल सरकारको उत्कृष्ट १०० गन्तव्यमध्ये पर्यटकिय क्षेत्रको सुचीमा पर्न सफल मुन्दुम ट्रेलको ट्रेकिङका लागि भोजपुर बजार आईपुगेका ७ जना अमेरिकन पर्यटकहरुलाई स्वागत गरिएको छ । पर्यटकले मंगलबारबाट उक्त क्षेत्रको भ्रमण शुरु गर्ने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष ध्रुवराज राईले जानकारी दिए ।

पर्यटकलाई स्वागत गर्न संघिय सांसद सुधन किराँती लगाएत जिल्लाका विभिन्न निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । भोजपुर जिल्लामा आउन पाउदा आफूहरुलाई निकै खुसी लागेको पर्यटकहरुले प्रतिक्रिया दिएका छन् । पर्यटकहरुलाई भोजपुरको देउराली, भोजपुर नगरपालिका, र चेङवेनी चोकमा स्वागत गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार