भोजपुरको श्यामशिलामा समृद्धि महिला समुह भवनको उद्घाटन

भोजपुर । भोजपुर नगरपालिका–११ श्यामशिलामा समृद्धि महिला समुहको नव निर्मित भवनको उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमका विच भवनको संघीय सांसद सुदन किराँतीले उद्घाटन गरेका हुन् ।

भवन निमार्णका लागि पूर्वाधार क्षेत्र विकास कोष अन्तर्गत सांसद सुदन किरातीले दिएको रु.१० लाख र स्थानीयको जनश्रमदान ४ लाख गरि १४ लाख लागतमा भवन निर्माण सम्पन्न भएको समुहले जनाएको छ ।उद्घाटन कार्यक्रममा बोल्दै संघिय सांसद सुदन किरातीले महिला समुहको अगुवाईमा भएको उक्त कामको प्रशंसा गरेका छन् । साथै उनले भवनमा खानेपानी तथा सौचालयको अभाव रहेको बताउदै, यसको निर्माणको लागि स्थानीय तहले भुमिका खेल्न समेत आग्रह गरे ।
भवन निमार्ण भएसंगै बाहिर बैठक बस्नु पर्ने बाध्यता अन्त्य भएको समुहका सदस्यहरुले बताएका छन् । कार्यक्रममा बोल्दै समुहकी अध्यक्ष टिकाकुमारी श्रेष्ठले भवनमा महिलाहरुलाई आयआर्जनको लागि सिपमुलक तालीम र प्रशिक्षण कार्यक्रम लगाएतका कामहरु गर्न सजिलो भएको बताइन् ।

उनले भनिन्‘ भवन नहुँदा हामीलाई निकै समस्या थियो, समुहको वैठक वस्नु पर्दा पाखाचोरी जानु पर्ने अवस्था थियो, अव त्यसको अन्त्य भएको छ । अहिले हामी आफ्नै भवनबाट कामकाज संञ्चालन गरिरहेका छौ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार