कुटपिटबाट बृद्धको मृत्यू

  सिलिचुङ सम्बाददाता

भोजपुर । कुटपिटबाट गम्भिर घाईते भएका एक बृद्धको मृत्यू भएको छ । भोजपुर नगरपालिका १०, भैंसीपंखाको जिमीगाउँस्थित ४२ वर्षिय शंखराज भनिने श्रीकृष्ण राईको कुटपिटबाट गम्भिर घाईते बनेका स्थानीय ६३ वर्षिय बलबहादुर राईको मृत्यू भएको हो ।
मादक पदार्थ सेवन गरी आएका श्रीकृष्णले बुधबार घरमै बसिरहेका बृद्ध राईलाई विना कारण कुटपिट गरी घाईते बनाएको प्रहरीले जनाएको छ । पिडक श्रीकृष्णले बृद्ध राईलाई अनुहार र शरिरभरी गहिरो चोटपटक पु¥याउने गरी मुक्का प्रहार गरेको बताईएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका ईन्सपेक्टर पाण्डव राजवंशीका अनुसार पिडक राईले गम्भिर घाईते राईको परिवारलाई घटना गुपचुप राख्न ललाईफकाई गरी मिलापत्र गर्ने प्रयाससम्म गरेका थिए । राईको शुक्रबार नै निधन भएको थियो । उनी लामो समयदेखी बाथरोगका विरामी भएको परिवार श्रोतले जनाएको छ । राई मृत्यूपछि प्रहरीले श्रीकृष्णलाई घरबाटै गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय भोजपुर ल्याएको छ । उनीमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार