मुसाले जाँड खाएपछि…

निक्कै दिनदेखि मासु खान नपाएको बिरालो मुसाको खोजीमा लागेको थियो । यही बेला एउटा मुसो जाँडको घ्याम्पोमा छिर्‍यो । यो दृश्य बिरालोले देखिरहेको थियो । बिरालो मौका यही हो भनेर घ्याम्पो नजिक पुग्यो ।

नजिकै बिरालो देखेपछि ज्यान नै गुमाउन लागेको मुसोले चिच्याउँदै भन्यो ।
मुसो- बिरालो दाइ, बिरालो दाइ । मलाई बाहिर निकाल्दिनुस् न ।
बिरालो- निकाल्न त निकालौंला तर, एक प्रस्ताव छ । तिमीलाई बाहिर निस्केपछि मैले खान पाउनुपर्छ ।
मुसो- हुन्छ । म यही मर्न लागेँ । बरु बाहिर निस्केपछि तपाईंले जे गरेपनि हुन्छ ।

यो प्रस्ताव मुसाले मानेपछि बिरालोले घ्याम्पो लडाइएछ । मुसो पनि घ्यामेपोवाट फुत्त निस्केर दुलो भित्र छिर्‍यो । यो देखेर बिरालो छक्क पर्‍यो ।

मुसो- घ्याम्पाबाट बाहिर निकालेकोमा धन्यवाद बिरालो दाइ ।
बिरालो – (रिसले चुर भएको बिरालोले जङ्गिदै) अघि तैले के भनेको थिइस ?
मुसो- (नम्र भएर भनेछ) आ दाइ छाडिदिनुहोस् अघि जाँड लागेका बेला के–के भनेँ–भनेँ नरिसाउनु है ।

यति भनेर मुसो दुलोभित्र पसेछ । बिरालो फ्ल्याँट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार