भोजुपर हातेमालो समाज दुबईद्वारा पिडीतको उद्वार

समाजद्धारा उद्धार गरिएका पिडित

युएई । भोजपुर हातेमालो सेवा समाज युएईको पहलमा दलालबाट ठगिएका पिडीतको उद्दार गरिएको छ । वैदेशिक रोजगारको सिलसिलामा युएई हुँदै इराक पठाईदिने भन्दै विगत ६ महिनादेखि अलपत्र परेका अरुण गाउँपालिका २, चम्पेका उत्तम राईलाई समाजले उद्वार गरेको हो ।
राईलाई घर फर्कन नसक्ने स्थितीमा अलपत्र रहेका राईलाई समाजको पहलमा स्वदेश फिर्ताको बन्दोबस्त मिलाइएको हो । समाजको पहल तथा आग्रहमा युएईस्थित वैदेशिक रोजगारमा रहेका प्रबासी भोजपुरबासीबाट आर्थिक संकलन गरी हवाई टिकटका साथमा ४६ हजार ५ सय आर्थिक सहयोग गरिएको समाजका प्रवक्ता सपना राईले बताईन् ।
समाजका अध्यक्ष भीम थापाले आकर्षक तलबको प्रलोभन विभिन्न बाहनामा सोझा नेपालीलाई मानव तस्करी गर्ने दलालहरुको फन्दाबाट होशियार रहन आग्रह गरे । उनले यस विषयमा सम्बन्धित निकायको ध्यान पुग्न आवश्यक रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार