भोजपुरमा प्रहरीले १८ करोड बढीको गाँजा फडानी गरे

  सिलिचुङ समाचारदाता

भोजपुर। अवैध लागु औषध गाँजा फडानीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले तिव्रता दिएको छ । प्रहरीले हालसम्म २ सय २ रोपनीमा लगाएको १८ करोड बढीको गाँजा नष्ट गरेको छ । प्रहरीले आफै उम्रेको तथा व्यवसायीक खेति गरेको गाँजा नष्ट गर्ने अभियान चलाएको हो ।

विषेश गरेर जिल्लाको दक्षिणी भेगमा रहेका हतुवागढी र आमचोक गाउँपालिकाको क्षेत्रमा पर्ने उदयपुर, खोटाङ र धनकुटा जिल्लाका सीमनामा पर्ने हसनपुरको मुस्ताङ, तथा दुधकोशी नदीको सीमानामा व्यवसायीक रुपमा खेती गरिएको ठुलो परिमाणमा गाँजा नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुर, इलाका प्रहरी कार्यालय घोडेटार, इलाका प्रहरी कार्यालय वयाङ, प्रहरी चौकी हसनपुर, सशस्त्र प्रहरी वेस क्याम्प यूँको टोलीले गाँजा फडानी गरेको हो । इलाका प्रहरी कार्यालय घोडेटारका प्रमुख प्रहरी निरिक्षक जस बहादुर लिम्बुले भन्नुभयो‘‘हाम्रो क्षेत्रको विभिन्न ठाउँमा व्यवसायीक रुपमा लगाएको गाँजा नष्ट गरिरहेकाछौ, यो अभियान जारी छ तर स्वामित्व भएको जग्गा भन्दा पनि पछिल्लो समय जंगल फडानी गरेर खेती गरेको फेला परेका छौ ।’’

जंगलको भीर पाखामा गाँजाको बगान फेला परेको भएपनि कसले लगाएको हो भन्ने एकिन गर्न कठिन रहेको छ । घनाजंगल भित्रनै कतिपय ठाउँमा बाख्रापालन गरेर गाँजाको लागि मल तयार गर्ने गरेको समेत प्रहरीले फेला पारेको छ । प्रहरीको सकृयता बढेसंगै यसको खेती गर्ने तरिका पनि फेरिएकोले अभियानलाई अझ प्रभावकारी बनाईने प्रहरीले जनाएको छ ।

अभियान अन्र्तगत अहिले सम्म २०२ रोपनी क्षेत्रमा लगाएको रु। १८ करोड ८० लाख ६२ हजार मुल्य बराबरको गाँजा नश्ट गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरमा प्रमुख प्रहरी नायब उपरिक्षक नरबहादुर सलामी मगर बताए । प्रमुख मगरले भनेयो अभियान भोजपुरमा मात्र नभएर देशभर नै चलीरहेको छ, हाम्रो जिल्लामा हालसम्म १८ करोड बढीको गाँजा नश्ट गरेका छौ, यो अभियान अझपनि जारी छ।’’

गाँजा फडानी गर्न जाने क्रममा कतिपय ठाउँमा स्थानीयले अवरोध समेत गर्ने गरेका छन् ।स्थानीय स्तरमा रहेका प्रहरी चौकीले स्थानीयको अबरोधका कारण नश्ट गर्न समस्या रहेको बताएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रमुख सहितको टोली सो क्षेत्रमा पुग्ने गरेर गाँजा नश्ट गरिरहेको छ । तर घनाजंगलको अप्ठ्यारो ठाउँमा समेत खेती गरेकोले केहि समस्या प्रहरीले बताएको छ । ‘‘कतिपय ठाउँमा फडानी गर्न जाने क्रममा स्थानीय अवरोध गर्ने कोशिस गरेको पनि मलाई विभिन्न प्रहरी चौकीबाट जानकारी आउने गरेको छ, त्यस्तो ठाउँमा जिल्लाबाट टोली लिएर म आफै जाने गरेको छु।’’प्रमुख मगरले भने ।

भिडियाे सहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार