भोजपुर सदरमुकाममा खानेपानी संकट टार्न करिव ५० करोडको खानेपानी शिलान्यस

  सिलिचुङ समाचारदाता

भोजपुर । भोजपुर सदरमुकाममा लामो समयदेखिको खानेपानी हढ्ने भएको छ । खानेपानीको शिलान्यास भएसँगै भोजपुर सदरमुकाममा खानेपानीको समस्या हट्ने आशा बढेको हो ।
नेपाल सरकारको ७० प्रतिशत, नगरविकास कोषको ऋण २५ प्रतिशत र स्थानीय उपभोक्तको ५ प्रतिशत गरि कुल रुं ४९ करोड, ७९ लाख ९८ हजारमा आयोजनाको निर्माण कार्य शुरु भएको हो ।
आयोजनाले भोजपुर नगरपालिका क्षेत्रका वडा नं ५, ६,७, ८, ९ र १२ वडाका दुई हजार २८० घर लाभान्वित हुने सिलिचुङ खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिका अध्यक्ष प्रविन कुमार सुवालले जानकारी दिनुभयो । अध्यक्ष सुवालका अनुसार आयोजनाको प्रशारण लाइन ३६ किलोमिटर, वितरण लाईन ७६ किलोमिटर गरि जम्मा लाइन १ सय १३ किलोमिटर हुनेछ ।
अध्यक्ष सुवालले भन्नुभयो, आयोजनाको कामको शिलान्यास भएको छ, हामीले करिब एक करोड २२ लाख जति रकम ठेकेदारलाई सञ्चालन खर्च भुक्तानी गरिसकेका छौ ।’ टेम्केमैयुङ गाउँपालिका– १ तिम्माको तीनभंगालेबाट पानी सदरमुकाम ल्याउने जनाइएको छ । आयोजनाको दुई वर्ष भित्र सम्पन्न गर्ने गरि हुवासुई कन्काई जेभीले जिम्मा लिएको छ । कुनै पनि वाधा अवरोध नआएमा समय भित्र नै सम्पन्न गरि सदरमुकाम सम्म पानी ल्याउने ठेकेदार कम्पनीले प्रतिवद्धता जनाएको छ ।

ठेकेदार जनसेवक भण्डारीले भने‘ सम्पूर्ण तयारीका साथ कामको थालनी गरेका छौ आकस्मीक रुपमा कुनै अवरोध आएन भने निर्धारित समयमा सम्पन्न गर्छौ ।’कामलाई,गुणस्तरिय र प्रभावकारी ढंगले समयमा सम्पन्न गर्नु पर्ने स्थानीयको भनाई छ । स्थानीय सम्मर बहादुर मोक्तानले भने‘ विगतमा अन्योल थियो, कामको शिलन्यास भएपछि पानी आउनेमा हामी ढुक्क छौ, यसले पानीको समस्या समाधान हुने आशा गरेका छौ । ’उपभोक्तालाई पानी तिवरण गर्नको लागि दुई ओटा प्रशोधन ट्याङ्की, ६ ओटा इन्टेक र १० ओटा पानी पोखरी निर्माण गरिने जानकारी दिईएको छ । आयोजनाको निर्माण सम्झौता २०७५ चैत्र १७ गते काठमाण्डौमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार