भारतीय विस्तारवादको चर्को विरोध गर्दै नेकपा भोजपुरको प्रेस विज्ञप्ती सार्वजनिक

  सिलिचुङ सम्बाददाता

भोजपुर । भारतले मिचेको नेपाली भूमिको भत्र्सना गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी भोजपुरले ६ बुँदे घोषणा पत्रसहित प्रेस विज्ञप्ती सार्वजनिक गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा नेकपा भोजपुरले केहि दिनअघि भारतले हस्तक्षेप गरेको नेपाली भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरा सिमानाको घोर आपत्ती जनाउँदै विज्ञप्ती जारी गरेको हो ।
जिल्ला कमिटीको दोश्रो पूर्ण वैठकको समापनपछि आयोजित प्रेस भेलामा नेकपा भोजपुरले भारतीय विस्तारवादको आलोचना गर्दै आफ्नो ६ बुँदे घोषणा पत्रका साथ दोश्रो पूर्ण बैठकले लिएको निर्णयहरु प्रस्तुत गरेको थियो । भारतीय विस्तारवादको चौतर्फी विरोध भईरहेका बेला नेकपा भोजपुरले पनि प्रेस विज्ञप्तीमार्फत भारतीय सिमा हस्तक्षेपको निन्दा र भत्र्सना गरेको जनाएको छ ।
नेकपा भोजपुरका ईन्चार्ज एवम सांसद सुदन किँरातीले नेपाली कालापानी, लिम्पियाधुरा र लिपुलेक भू–भागबाट भारतले आफ्नो सेना फिर्ता लिनुपर्ने भन्दै भारतीय सिमा हस्तक्षेपको घटनालाई खारेज गरिनुपर्ने बताए । साथै किँरातीले राष्ट्रियताको पक्षमा पार्टी केन्द्र र सरकारले लिएको नीतिलाई जनताको घरमा पु¥याउन सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गरे ।
पत्रकार सम्मेलनमा नेकपा भोजपुरले १ सय ४५ जिल्ला सदस्यको कार्यविभाजन सहितको् नयाँ कार्यसमितिसहित यहि पौष १५ देखि माघ १५ सम्म व्यापक राजनीतिक प्रशिक्षण सहित संगठन सुदृढीकरण अभियान गर्ने र माघभित्रै ३ दिने आवासीय प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार