अर्घाखाँचीमा बस दुर्घटनाः ज्यान जानेको संख्या १७ पुग्यो

  सिलिचुङ समाचारदाता

काठमाडौं । अर्घाखाँचीमा बस दुर्घटनामा १७ जनाको ज्यान गएको छ । सन्धीखर्क नगरपालिका–६, नरपानीमा बस दुर्घटना हुदाँ १७ जनाको मृत्यु भएको ५ नंं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहका अनुसार सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको छ ।

दुर्घटनामा अन्य ११ जना घाइते छन् । घाइते मध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ भने अन्यलाई बुटवलतर्फ लगिएको छ । दुर्घटनामा नं। ५ बाहिनी रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महतको मृत्यु भएको । अन्य मृतक र घाइतेको भने समाचार तयार पार्दासम्म सनाखत हुन सकेको छैन ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपी प्रकाश विष्टको नेतृत्वको टोली उद्दारका लागि खटिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार