भोजपुरमा अज्ञात समुहद्वारा वडा कार्यालयमा आगजनी

  सिलिचुङ सम्बाददाता

मंगलबार राती अज्ञात समुहले आगजनी गरेको रामप्रसाद राई गाउँपालिका वडा नं २, धोद्लेखानीको क्षतिग्रस्त भवन तथा कार्यालयका सामाग्री । तश्विर, सिलिचुङ

 

भोजपुर । गएराती भोजपुरका दुई वडा कार्यालमा आगजनी भएको छ । भोजपुरको पौवादुङ्मा गाउँपालिका वडा नं ३, च्याङ्ग्रे र रामप्रसाद राई गाउँपालिकाको वडा नं २, धोद्लेखानीको वडा कार्यालयमा गएराती एक अज्ञात समुहले आगजनी गरेको प्रहरीले बताएको छ ।
अज्ञात समुहले मध्यरातको समयमा दुवै वडा कार्यालयमा मट्टीतेल छर्केर आगजनी गरेको थियो । दुवै वडा कार्यलयको ढोका हेक्सोले काटी आगजनी गरिएको प्रहरीको भनाई छ ।
आगजनीले वडा नं २ धोद्लेखानीको वडा कार्यालय रहेको भवन पूर्ण रुपमा ध्वस्त भएको छ । कार्यालयभित्रको कुर्सी, महत्वपूर्ण कागजपत्र, फर्निचर लगायतका सामाग्री जलेर नष्ट भएको रामप्रसाद राई गाउँपालिकाकी उपप्रमुख सम्झना राईले बताईन् ।
घटना भएको जानकारी पाउनसाथ घटनास्थलतर्फ प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । घटना कस्ले र किन गरेको भन्ने यकिन नभैसकेको बताईएको छ । घटनाको अनुसन्धान भईरहेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका ईन्सपेक्टर पाण्डव राजवंशीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार