Loading…

भोजपुरमा उधौँलीको धुमधाम (फोटोफिचर सहित)

  सिलिचुङ सम्बाददाता

भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा साकेला नाच्दै किँरात राई समुदाय । तश्विर, सिलिचुङ

 

भोजपुर । भोजपुरमा किँरात येलेदोङ ५०७९ को उधौँली पर्व धुमधामले सुरु भएको छ । प्रकृतिपुजक किँरातहरुले बैशाख पूर्णिमाको उभौँलीपछि अन्न भित्राएको खुशीयालीमा कुलपितृ सम्झनामा साकेला नाच्दै उधौँली पर्व मनाउने गर्छन् ।
किराँत राईहरुले आफ्नो मौलिकतालाई पुस्तान्तरण गर्दै लैजाने माध्यमका रुपमा लिईने उधौँलीमा भुमिपुजा र कुखुराको बली दिने किँरात राईको धार्मिक प्रचलन रहेको छ । जाडो समय सुरुभएसंगै सित छल्न बेसी झर्ने आफ्ना किँराती पुर्खाहरुको सम्झनामा उभौँली मनाईने गरेको किँराती मान्यता छ ।

परापूर्वकालदेखि प्रकृतिपुजक किँरात राईहरुले बैशाख पूर्णिमाका बेला सूर्यको गती उत्तरतर्फ लाग्ने समयलाई किँरात मुन्दुमी भाषामा ‘दोङङावा’ अर्थात उभौँली र मंसिर पूर्णिमाका बेला सूर्यको गती दक्षिणतर्फ लाग्ने समयलाई मुन्दुमी किँरात भाषामा ‘दोङदावा’ अर्थात उधौँली पर्वको रुपमा मान्ने गरिएको उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार