शिविरमा ६ सय ८७ आँखाका विरामीले पाए सेवा

  सिलिचुङ सम्बाददाता

भोजपुर । नेपाल नेत्र ज्योती संघ, भोजपुर र आँखा तथा कान उपचार केन्द्र भोजपुरको संयुक्त आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित ३ दिने निःशुल्क आँखा शल्यक्रिया सहितको बृहत आँखा तथा कान जाँच शिविरमा ६ सय ८७ विरामीले निःशुल्क सेवा पाएका छन् ।
भोजपुर नगरपालिका १२, टक्सारको पुरानोडबलीस्थित आँखा अस्पतालमा आयोजित शिविरमा ८६ जनाले निःशुल्क आँखाको शल्यक्रिया र ६ सय १ जनाले आँखा र कानको चेकजाँच गराएका थिए । शिविरमा विराटनगर आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा.विवेक झाले विरामीको शल्यक्रिया गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार