बेलायतमा उधौली धुमधाम

  सिलिचुङ सम्बाददाता

भोजपुर । किरात राई यायोक्खा बेलायतको आयोजनामा साकेला उधौली भब्यताको साथ सम्पन्न भएको छ । चार धामीहरु (नाक्छुङ) द्धारा पानी पुजा, चुला (सुप्तुलुङ) पुजा सम्पन्न गरेपछि साकेला पुजिएको थियो ।
नाक्छुङहरुलाई फेटा लगाई संस्कारगत शिर उभाईएको थियो । धामीहरु किताब शेर राई र टाईटेक्स् फल्माछाले पानीको पुजा सम्पन्न गरि साकेला पुजेका थिए । बेलायतस्थित किरात राईहरुको आफ्नो ग्याम्बललेनमा चुलाको प्रतिक ‘सेउली गाडी’ पुजा गरि साकेला थानमा उधौली पुजिएको थियो । उधौलीको शुभकामना आदानप्रदान र साकेला नाच सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार