Loading…

तेस्रो मेयर कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा खोटाङ र कुलुङ (फाेटाे फिचर)

  सिलिचुङ समाचारदाता

भोजपुर । स्थानीय टुडिखेलमा सञ्चालन भइहेको तेस्रो भोजपुर मेयर कप फुटवल प्रतियोगिताको क्वाटर फाइनलमा खोटाङ भगवती स्पोर्टस क्लव र कुलुङ यातयात प्रालि विजयी भएका छन् ।
सोमबार भएको खेलमा खोटाङ भगवती स्पोर्टस क्लव र नमुना फुटबल क्लव विच भएको खेलमा खोटाङ भगवती स्पोर्टस क्लवको तर्फबाट जिवन परियारले ०–१ एक गोल गर्दै गरी विजयी दिलाएका थिए ।


त्यसैगरी, दोश्रो चरण अन्तर्गत भोजपुर नगरपालिका १ भर्सेस कुलुङ यातयात वीच भएको खेलमा गोल हुन नसकेपछि पेनाल्टिमा चार गोलका विरुद्ध ५ गोल लगाएर कुलुुङ यातयात विजयी भएको हो । कुलुङ्ग यातयात प्रालिका दावा तामाङ्गले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
त्यसै पुष १ गते क्वाटर फाइनलका २ खेलहरु हुनेछन् । जसमा पहिलो खेल आम्तेक ११ र भोजपुर नगरपालिका ७ विच हुनेछ भने दोश्रो खेल भोजपुर–१० र देउराली फुटवल क्लब विच हुने जिल्ला फुटवल संघका अध्यक्ष प्रविन सुवालले बताए ।

सोमबार विजयी खोटाङ भगवती स्पोर्टस क्लव र कुलुङ यातयात प्रालि सेमिफाइनलमा प्रवेश गरेको छ ।
भोजपुर नगरपालिकाको प्रायोजन तथा भोजपुर जिल्ला फुटवल संघ भोजपुरको आयोजनामा भएको खेलको फाइनल पुस ३ हुनेछ भने प्रतियोगिताका प्रथम विजेताले ५ लाख, दोस्रोले ३ लाख सहित मेडल, ट्रफि र प्रमाण–पत्र प्राप्त गर्ने जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष सुवालले जानकारी दिए । तेस्रो मेयर कप प्रतियोगितामा १५ टिमको सहभागीता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार