खगेन्द्र संग्रौलालाई चार लाख दुई हजार दुई रुपैयाको ‘पहिचान सम्मान’

लण्डन । प्रत्येक बर्ष वितरण हुदै आएको पहिचान पुरस्कार कोषले यस बर्ष ‘पहिचान सम्मान’ वितरण गर्ने भएको छ । प्रत्येक बर्ष पहिचान उत्कृष्ट कृतिलाई वितरण हुदै आएको पहिचान पुरस्कार प्रत्येक पाँच बर्षमा पहिचान सम्मान दिने गरेको छ ।

वि.स.२०७७/सन् २०२० सालको लागि लेखक, राजनीतिक विश्लेषक तथा मार्जिनलाईज् समुदायको हक अधिकार स्थापित गराउन निरन्तर योगदान दिदै आएका अभियान्त खगेन्द्र संग्रौलालाई सम्मान गर्ने भएको हो ।
संग्रौलालाई ४ लाख २ सय २ रुपैया नगद र ताम्रापत्र सहित सम्मान प्रदान गर्ने जानकारी कोषका संस्थापक नरेश काङमाङ राई बताए ।

यसभन्दा अगाडी ४ वटा कृतिहरुले पहिचान पुरस्कार वितरण गरिसकेको छ । राजन मुकारुङको ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको ‘गोयङको सुगन्ध’ र यज्ञशको ‘भुइया’ र उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतिक्षाको ‘नथिया’ ले पहिचान पुरस्कार पाएका छन । यसपल्ट वितरण गरिने पहिचान सम्मान पहिलो संस्करण हो । सम्मान बैशाखको चैत्रको तेस्रो हप्ता वितरण गरिने भएको पहिचान पुरस्कार कोषका संस्थापक नरेश काङमाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार