मौलाउँदै बालिका बलात्कारका घटना

  सिलिचुङ सम्बाददाता

 

भोजपुर । गत वैशाख २६ गते टेम्केमैयुङ गाउँपालिका ७, कोटस्थित एक १४ वर्षिया बालिका बलात्कृत भईन् । शारिरीक अवस्थाले अशक्त र सुस्त मनस्थितीकी ती बालिकालाई स्थानीय ६६ वर्षिय काजीमान सुयलले घरमा कोहि नभएको मौका छोपी करणी गरे । प्रहरीका अनुसार अभियुक्त सुयललाई अदालतको निर्देशन अनुसार पुर्पक्षका लागि कारगारमा राखिएको छ ।
भोजपुर नगरपालिका ५, बोखिममा पनि गत असार १५ मा १६ वर्षिया बालिकालाई फकाईफुलाई गरी स्थानीय ३७ वर्षिय नविन प्रधानले जबरजस्ती करणी गरे । पारिवारीक अवस्था नाजुक रहेको पिडित परिवारले प्रहरीमा उजुरी दिएपछि अभियुक्तलाई प्रहरीले हिरासतमा राखी अनुसन्धान थालेको बताएको छ । त्यस्तै षडानन्द नगरपालिका ८, तुङ्गेछामा गत जेठ २९ गते नातामा दाजु पर्ने स्थानीय २६ वर्षिय रञ्जित लिम्बुले १३ वर्षकी बालिकालाई करणी गरे । कोहि नभएको मौकामा फकाईफुलाई गरी लिम्बुले करणी गरेको भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो । हाडनाता करणीको अभियोग लागेका उनलाई पुर्पक्षका लागि राखिएको छ ।
भोजपुरमा पछिल्ला केहि वर्षमा बालिका बलात्कार घटना मौलाएको छ । ०७६÷७७ को प्रहरी तथ्याङ्क अनुसार २० जना बालिका बलात्कारको शिकार भएका छन् । पारिवारी असक्षमता, गरिबी, व्यक्तिगत प्रलोभन र सुचना प्रविधिको गलत प्रयोगबाट करणीका घटना बढको संरक्षण गृह भोजपुरका प्रमुख नविन प्रधानले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार