बाढिले बगाउँदा एकै परिवारका ३ घाईते

  सिलिचुङ सम्बाददाता

 

भोजपुर । अविरल वर्षातसंगै आएको बाढिले घर बगाउँदा एकै परिवारका ३ जना घाईते भएका छन् । बाढिले षडानन्द नगरपालिका ४, मूलपानी घर भई वडा नं २, कुदाककाउलेको कुदामपछारमा बस्दै आएका अमृत घले, उनकी श्रीमती अनिषा घले र १८ महिने छोरीलाई बगाएको थियो ।
मंगलबार विहान करिब ६ बजेतिर स्थानीय चिर्खुवा खोलामा आएको बाढीले खोला नजिकै रहेको अमृत घलेको पसलसहित एकतले घर बगाएको थियो । बाढीले अमृतका श्रीमती र छोरीलाई बगाएको थियो । घाईते तीनै जनालाई उपचारका लागि दिङला ल्याईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोले सडक अवरोध
निरन्तरको वर्षातले विभिन्न स्थानमा पहिरो खस्दा यातायात बन्द भएको छ । पहिरोले पौवादुङमा गाउँपालिका २, तिवारीभञ्ज्याङस्थित मध्य पहाडी लोकमार्गमा अवरोध पु¥याएको छ । यस्तै पहिरोले टेम्केमैयुङ गाउँपालिका २, छिनामखुको श्रीदलेस्थित मध्यपहाडी लोकमार्ग अन्र्तगतको सडकखण्ड पनि पुरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार