भोजपुरमा वडाध्यक्षबाट कुटिए बृद्ध

  सिलिचुङ सम्बाददाता

 

भोजपुर । जनप्रतिनिधिबाटै एक बृद्ध कुटपिटमा परेका छन् । उत्तरी साल्पासिलिछो गाउँपालिका १, कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय ६५ वर्षिय अर्जुनजंग कार्कीलाई कुटपिट गरेका हुन् ।
वडाध्यक्ष बुडाथोकीले कुुलुङको अग्राखे भन्ने स्थानमा बाटो छेकी विनाकारण कुटपिट गरेको पिडित कार्कीको आरोप छ । पिडित कार्की षडानन्द नगरपालिकाको दिङ्लाबजारदेखी घर जाने क्रममा गत शनिबार कुटपिट गरेको पिडितको भनाई छ । पिडित कार्कीको छाती, हात र खुट्टामा चोटपटक लागेर गम्भिर घाईते भएको उनकी श्रीमती ईन्दिरा कार्कीले बताईन् ।
यता वडाध्यक्ष बुडाथोकीले बाटो निरिक्षण गर्दै हिडिरहेको अवस्थामा कार्कीले अपशब्द प्रयोग गरेको र सामान्य विवाद मात्र भएको स्विकारेका छन् । विवादपछि ठेलाठेल हुँदा दुवैलाई सामान्य चोटपटक पनि लागेको उनले बताए । वडाध्यक्ष बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिई पिडित कार्कीको परिवारको रोहवरमा छाडिएको ईलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी निरिक्षक भाष्कर खतिवडाले जानकारी दिए । स्थानिय मेडिकलमा प्राथमिक उपचार पछि पिडित कार्कीलाई थप उपचारका लागि विराटनगर पठाइएको पारिवारीक स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार