सुवास नेम्वाङ्गलाई पठाउनोस् !

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई बिहीबार बिहान फोन गरेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘सुवासजीलाई पठाउनोस्, तपाईंसँग कुरा गरेर पार लागेन’ भन्नुभएलगत्तै नेम्वाङ्ग खुमलटार पुग्नुभयो ।

सामान्य औपचारिकतापछि अध्यक्ष दाहालले ‘तपाईंहरूको एकोहोरो कुरो मात्रै कति सुन्ने ? अलि सम्झाउनुस् । तपाईंहरूले पनि अलिकति बुझ्नोस्,के के भा’छ, कसो भा’छ भनेर । पार्टी एकता चाहनुहुन्छ कि विग्रह ? वहाँ (प्रधानमन्त्री) ले त पार्टी फोर्नुहुन्छ । तपाईंले त पक्कै वहाँलाई साथ दिने होला ! त्यसो गर्नुभयो भने तपाईं पनि विभाजनकारी हुनुहुनेछ’ भन्नुभयो । जवाफमा ‘त्यस्तो होइन, मिल्छ मिल्छ’ भन्दै सुवास खुमलटारबाट निस्किनुभएको चर्चा छ ।

उता, कानुनविद्हरूले अस्ति र हिजो नेपाल बारमा गरेको अनौपचारिक छलफलमा प्रधानमन्त्रीले मध्यावधि निर्वाचनमा जाने कानुनी छिद्रको खोजी गरिरहनुभएको बताएका छन् । तर, संवैधानिक हिसाबले त्यो सम्भावना नै देखिँदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार