जनप्रतिनिधीलाई मतदाता शिक्षा तालिम

  सिलिचुङ सम्बाददाता  114 पटक हेरिएको

भोजपुर । स्थानिय तह निर्वाचन र प्रदेशसभा तथा प्रतिनिधीसभाको निर्वाचनपश्चात नजिकिएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि भोजपुरमा नौ वटै स्थानिय तहका प्रमुख उपप्रमुखलाई प्रशिक्षण दिईएको छ । जिल्ला निर्वाचन कार्यालय भोजपुरको आयोजनामा सम्पन्न प्रशिक्षणमा राष्ट्रिय सभा सदस्यको निर्वाचनमा स्थानिय तहका प्रमुख उपप्रमुखले मतदान कसरी गर्ने, कुनकुन प्रक्रिया र चरणबद्ध ढंगले मतदान प्रक्रियामा जाने, केके कुरामा ध्यान पु¥याउने लगायतका विषयमा अन्र्तक्रिया चलाईएको थियो ।
राष्ट्रिय सभा ऐन(धारा ८६) को देहाय बमोजिमका ५९ सदस्य रहने व्यवस्था छ । प्रदेश सभा सदस्य, स्थानिय तहका प्रमुख उपप्रमुखको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तिमा तीन जना महिला, एकजना दलित र एकजना अपागंता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठ जना गरी ५६ जना रहने कानुनी व्यवस्था छ । भोजपुरमा पनि सबै स्थानिय तहका जनप्रतिनिधीलाई आसन्न माघ २४ गतेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाता शिक्षासम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका अधिकृत राजेन्द्र प्रसाद पराजुलीले जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार