६० हजार धरौटीमा विप्लव नेता रिहा

  सिलिचुङ सम्बाददाता  289 पटक हेरिएको

भोजपुर । वारेन्ट जारी गरिएका पूर्व राज्यमन्त्री तथा नेकपाका पोलिटब्यूरो सदस्य पदम बहादुर राई बुधबार ६० हजार रुपैँया धरौटीमा छुटेका छन् । राईसंगै षडानन्द नगरपालिका २, कुदाककाउलेका उद्धव बस्नेत समेत ६० हजार धरौटीमा छुटेका छन् । राई र बस्नेतलाई ज्यान मार्ने उद्योगका दुईवटा मुद्दा बराबर जनही २५ हजार र बम पड्काएको मुद्दामा जनही १० हजार गरी जम्मा ६० हजारका दरले धरौटीमा रिहा भएको जिल्ला अदालतले जनाएको छ ।
वारेन्ट जारी गरिएका २० जनालाई कार्तिक २८ गते हाल प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईमाथि टेम्के मैयुङ गाउँपालिका ६, कोटको गुम्बामा बम प्रहार गरेको आरोपमा मुद्दा दर्ता भएको छ । उनीहरुमाथि मंसिर २ गते षडानन्द नगरपालिकाको भिरथाप्लामा भएको बम विष्फोट र सोही दिन साल्पासिलिछो गाउँपालिकाको कुलुङमा चुनावी सभालाई लक्षित गरी बम पड्काएको आरोप र ज्यान मार्ने उद्योग गरी दुई र आतंक मच्चाएको एउटा मुद्दा दर्ता रहेको जिल्ला अदालत भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार