वालागुरु षडानन्द विगत र वर्तमान

  एलिषा श्रेष्ठ  161 पटक हेरिएको

षडानन्द अधिकारीको प्रसिद्ध नाम हो । वालागुरु षडानन्द उनको बारेमा नसुन्ने र जनान्ने नेपाली समाजमा विरलै मानिसहरु होलान् । गाउँ देखि राजधानि सम्म र शहर देखि सदनसम्म उनका वारेमा राम्रो ज्ञान भएको व्यक्तिहरुको जमात छ । तर उनले नेपाल र नेपाली माझ दिएको शिक्षा र समाजमा पुर्याएको योगदानको मुल्याङ्कन गर्ने भने कसैवाट र कुनै पनि तह र तप्काबाट भएको देखिदैन । सायद आज उनै अधिकारिले गरिव जनताका छोराछोरीले पढ्न पाउने अधिकारको सुनिश्चितता सहित पाठशालाको सुरुवात नगरेको भए नेपाल र नेपालि समाज शिक्षा क्षेत्रमा यो अवस्थासम् मयति चाडो आईपुग्दैन थियो । दुर्गम जिल्लाको एउटा विकट वस्तीमा जन्मिएर राणाहरुको कठोर कदमकाो बास्ता नगरि नेपाली जनताका छोराछोरीले पनि राणाका छोराछारी सरह पढ्न पाउनुपर्छ भन्दै भोजपुरको दिंला –हाल षडानन्द नगरपालिका वडा नं. ७) गडिगाँउमा पाठ्शाला सस्कृत भाषा पाठशाला स्थापना गरि संस्कृत पठन पाठन सुरु गर्ने निर्णयमा पुगे । यो नै नेपालको शिक्षाका निमिक्त निजि क्षेत्रबाट थालिएको शिक्षाका कोशेढुङ्गा हुनपुग्यो । नेपालका प्रसिद्ध समाजसेवि आबाल ब्रह्मचाचारि साधु तथा शिक्षाप्रेमी व्यक्तिका रुपमा परिचित उनलाई यतिवेला सम्झेर पनि नसम्झेको जस्तै गर्नेहरु नमयक निकायमा पुगेकाहरु नै छन् ।

उनको अध्ययन :
षडानन्द सर्वप्रथम जनपुरको वहमाचार्यश्रममा वसि गुरुकुल प्रणालीमा १० वर्ष सम्म अध्ययन गरेका थिए । उनको त्यसवेला मिथिला क्षेत्रका धेरै विद्धान पण्डितहरुको सामित्यमा संस्कृत भाषाको राम्रो अध्ययन गर्नुकाक साथै संस्कृत ब्याकरणको पनि गहन अध्ययन गरे । तिनै त्यहि सुमुक्ष भवनमा वसेर पढेका थिए । आजिवन ब्रह्मचार्यमा रहेका उनले त्यहाँ अध्ययनका साथै विभिन्न योग साधन पनि गरेका थिए । जानकारहरुका अनुसार उनले त्यसपछि वागमति किनारको पत्यरघट्टामा वसि तपस्या गरे । अझै पनि उनका विषयमा विभिन्न किंवदन्तीहरु प्रसस्त भेटिन्छन् । साधनाका वेला पलेटि बाधेरभुइवाट एक हात माथि आकाशमा उड्दथे भन्ने भनाई अझैपनि मानिसहरु गर्ने गर्दछन् । अध्ययन पश्चात वि.स. १९३१ मा उनि मातृभूमिमा केहि गर्ने संकल्पका साथ जन्म स्थान दिंला फर्किए त्यतिवेला सम्म उनि योग साधनका रुपमा परिचित भइसकेका थिए ।

महत्वपुर्ण कार्यहरु : 
राणाहरुको कठोर शासनकाविच पनि आफूलाई सम्पुर्ण रुपमा समाजप्रति ठल्दै बालागुरुले वि.स. १९३२ को चैत्रमा दिंला भञ्ज्याङको रमणिय उच्च स्थल कैलासमा स्थानिय जनताकै प्रत्यक्ष संलग्नतामा नर्भदेश्वर शिव सन्दिर निर्माण गरि विद्यालय स्थापना गरे नेपालि जनताले पढ्न पाउने गरी १९३२ सालमा विद्यालय खोल्न सफल भएका उनले नेपालमा जनस्थरवाट स्थापित पहिलो विद्यालयको रुपमा विश्वलाई चिनाउन सफल भए हाल आएर उक्त पाढ्शालालाई षडानन्द उच्च माध्यमिक विद्यालयलमा परिणत गरिएको छ । तिवेला नेपालमा जहानिया राणा शासनको जगजगी थियो । राणाहरुको छोराछोरी मात्र पढ्न पाउने व्यवस्था थियो जनताका छोरा छोरीका लागी पढ्न पाउनु भनेको दिवा सपना मात्र थियो । त्यस वेला बालागुरु षडानन्ले ठुलो मुल्य चुकाएरै भएपनि जनताका छोराछोरी पढ्न पाउने व्यवस्थ दिलाए । यो कुनै सामान्य विषय थिएन त्यस समयमा । त्यस वेला दरवार हाई स्कुलमा राणाहरुका छोरा छोरी मात्र अध्ययन गर्न पाउने भएकाले त्यसवेला त्यस भोगका वाहेक नेपालको अन्य ठाँउहरु सल्यान, प्यूठान लगायतबाट मोनौ लगाएर साथै भारतको सिक्किम, आसामबाट समेत विद्यार्थी आई अध्ययन गर्दथे । अध्ययन अध्यापनको लागी विद्यालयमा प्रसस्त भौतिक तथा वेद व्याकरण साहित्यको व्यवस्था गरिएको थियो । विद्यार्थि तथा शिक्षकहरुको निमित्त पुस्तकालयको समेत व्यवस्था थियो ।

गुठि व्यवस्था :
बालागुरु षडानन्द कति सम्म दुरदृष्टि थिए भन्ने कुरा उनले गरेका गुठिको व्यवस्थाबाट थाहापाउन सकिन्छ । त्यति वेला नेपालमा राणाहरुको एकलौटि शासन व्यवस्था थियो । जनताका छोराछोरीले पठन पाठन गरेको देख्न चाहदैन थिए । त्यस्तो अवस्थामा राज्यले सहयोग गर्ने कुरात हास्यास्पत नै हुन्थ्यो जुन अकल्पनिय र असम्भवन प्राय थियो । राज्यबाट कुनै सहयोग नहुने भएपछि उनले आफुले निर्माण गरेका मन्दिर विद्यालय पुस्ताकालय आदि सुचारु ढंगले अगाडि बढोस् र दिर्गकाल सम्म तिनिहरुको संरक्षण होस भन्ने हेतुले एउटा वृहत गुठिको स्थापना गरेका थिए । सुरुवात चरणमा उनले १२ सय मुरी अन्न उव्जनि हुने गुठिको व्यवस्था गरेको पाइन्छ ।

अस्तित्वको पखाईमा वालागुरु :
वि.सं. २०५२ सालदेखि २०६२ विचमा तत्कालिन राज्य पक्ष र विद्रोहि माओवादी विचमा भएको १० वर्षे सशस्त्र द्धन्दको सिकार वालागुरु षडानन्दले निर्माण गरेका भौतिक पूर्वाधार गुठिवन्न पुग्यो। माओवादीको त्यसवेला सस्कृत विषयको पठन पाठनलाई निमित्यान्न पार्ने योजनाले सर्वे धरोहरहर माटोमा विलय हुन पुग्यो । अर्कोतिर तत्कालिन समयको फाइदा उठाँउदै कैयौं मानिसहरुले निजि जस्तै गरि भोगचलन गर्न थाले र नियमित र उर्जाशिल तवरले पठन पाठन सहितको विकाल गति लिइरहेको वेला माओवादीको आक्रमण पछि पठन पाठन मात्र नभै गुठिनै सवै कब्जामा पर्यो । १२०० मुरी उब्जनि हुदै आएको अन्नवाली आज आएर १२ मुरी समेत हातमा पर्न छोडेको सम्वन्धित व्यक्तिहरु गुनासो गर्छन ।
२०६२/०६३ को आन्दोलन पछि राज्यमा थुपै्र परिवर्तनहरु भयो, राज्य संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था गइसक्दा समेत षडानन्दको गुठि र उनको अस्तित्वमा कुनै परिवर्तन नआएको कुरा सर्वविवितै छ । इतिहास अझै भेटिसकेको छैन तर विभिन्न राजनितिक दलको आडमा रहेर अनैतिक रुपमा गुठिको सम्पति कुम्ल्याउने र इतिहास भेट्न खोज्ने काम कोहि सकैलाई पनि मान्य नहुने हुने छैननै । आज आएर १२० प्रजातिको बालागुरुले रोपेका औषधि जन्य जडिवुटिहरु केवल नाममा मात्र सिमित भैसकेको स्थानियवासीहरु वताउछन् । यति हुदाँहुदै पनि संरक्षणको चासो कसैले दिइरहेको देखिदैन । दिंला र यस आसपास जन्मिएर राष्ट्रिय तथा अन्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो प्रभाव जमाइसकेको व्यक्तिहरुले समेत उनले सम्मानमा सम्झन लायक काम गरेका छैनन नत स्थानिय जिल्ला स्तरका र केन्द्रिय स्तरका नेतालेनै गरेका छन् । हाल आएर उक्त ठाँउ नगरपालिका भयो र त्यसको नामारण वालागुरु पडानन्दको नाममा नामाकरण गरियो र यसले उनको अस्तित्वलाई केहि हदसमम त वचाइराख्न भुमिका खेल्यो तर भौतिक संरचनाहरुको अवस्था भने अझै दयनिय नै देखिन्छ । षडानन्द यस्ता ब्यक्ति हुन उनी राष्ट्रिय विभुतिका रुपमा स्थापित हुन लायक छन् उनले समाज र राष्ट्रको लागी गरेका योगदानहरु हेर्दा उनलाई राष्ट्रिय विभुति घोषणा गर्न दिंला भएको देखिन्छ । तसर्थ उनको योगदानको कदर गदै उनलाई राष्ट्रिय विभिुति घोषणा गर्न सरकारलाई दवाव दिनु पर्ने कुरा जनप्रतिनिधिहरुले बुझ्नुपर्ने देखिन्छ । विग्रेका हराएका भौतिक पुर्वाधारको खोजि गरि यसको संरक्षण तथा संर्वधनमा सवै लागेमा यस क्षेत्र एक पर्यटकिय क्षेत्रको रुपमा विकास हुनेमा दुईमत छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार