किरात राईहरुको साँस्कृतिक पर्व उभौलीको विदाई

भोजपुर । किरात राईको साँस्कृतिक पर्व उभौली औपचारिक रुपमा सकिएको छ । बर्षमा दुईपटक मनाउने साकेला बैशाखे पुर्णिमा र मंसिरे पुर्णिमा मनाउने प्रचलन छ । पुर्णिमाको दिनदेखि १५ दिनसम्म यो पर्व मनाउने चलन छ ।
लगाउँदा रोगव्याधी नलागोस भनी प्रकृतिलाई शक्ति पिठको रुपमा मान्दै अन्न फलोस फुलोस भनी प्रकृतिलाई शक्ति माग्दै किरात राईहरु सकेला उभौली पर्व मनाउने गर्छन । किराती रीतिअनुसार भूमिको पुजा गरी उभौली चाड अर्थात भूमी पुजा गरी साकेला सिली नाच्र्दै मनाइरहेका छन् ।

किरात राईहरु मानव विकास क्रमसंगै सकेला सिली प्रचलनमा आएको विश्वास गरिन्छ । मानवलाई खेती गर्ने ठाउ दिने प्रकृति तथा खेती गर्न सिकाउने पूर्वजहरुका सम्झना र सम्मान स्वरुप भूमिपूजा गर्ने गरिन्छ । किरात समुदायहरुले उभौलीको दिन अन्नभकरीमा पूजा गरेर आफ्नो चूल्होमा कुखुरा काटेर बली दिने र ढोल झ्याम्टाको तालमा चरा, दुम्सी जस्ता पशुपंक्षीको स्वभावको अनुकरण गर्दै नाच्ने गरेको छन ।

किरातीहरु प्रकृति पुजक भएकोले प्रकृतिलाई खुशी पार्नका लागि हरेक वर्ष वाली लगाउने समयमा बैशाख पूर्णिमा उभौली र अन्न वाली पाकिसकेपछि घरमा भित्राएपछि उधौली पर्व मंसिरे पूर्णिमा विशेष रुपले खुशियालीका साथ आपनो प्रमुख चाडका रुपमा मनाउने गर्दछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार