लैङ्गिक विभेदको विपक्षमा ‘विदेशीकी स्वास्नी—२’

  सिलिचुङ सम्बाददाता  889 पटक हेरिएको

विदेशीकी स्वास्नी–२ को शुभ मूहुर्त गर्दै अतिथीहरुका साथ चलचित्रकर्मी । तश्विर सौजन्यः विनोद प्रधानबाट

भोजपुर । सामाजिक कुरीतीलाई चलचित्रको पर्दाबाट चिर्न अभिन्न कलाकारितालाई उत्थान गर्ने लक्ष्यले भोजपुरे युवा चलचित्रकर्मीको स्थानियस्तरमै समसामायिक नेपाली समाजको घट्नाक्रममा आधारित चलिचित्र ‘विदेशीकी स्वास्नी’ले भोजपुरे दर्शकमाझ गहिरो छाप छोड्यो । भोजपुरे युवाको लगानी र परिश्रमलाई कलाकारितामा उतारेर समाज सामुन्ने सकरात्मक सन्देश पु¥याउने उद्देश्यले निर्माण गरिएको चलचित्र ‘विदेशीकी स्वास्नी’ को दोश्रो भाग ‘विदेशीकी स्वास्नी—२’ को छायाँकंन शुरु गरिएको छ ।
विशेषतः विदेशीकी स्वास्नी—२ मा समाजमा हुने नारी–पुरुष, छोराछोरीमाथि हुने विभेदलाई चित्रण गरिएको छ । लैङ्गिक विभेदलाई मूख्य मुद्दा बनाएर अन्य सामाजिक विभेद, सरकारी सेवामा आमनागरिकले भोग्नुपर्ने समस्या र नेपाली समाजको समसामायिक घटनाक्रमको विषयबस्तुलाई प्राथमिकतामा राख्दै चलचित्रको कथा चित्रण गरिएको कथा लेखक विरोध बस्नेतले जानकारी दिए । उनले भविष्यमा स्थानियस्तरबाटै सामाजिक विभेदीकरणको उन्मूलन गर्ने किसीमका विषयबस्तुलाई समेटेर युवापुस्ताको बलबुत्तामै स्थानियस्तरका चलचित्रलाई बढावा दिँदै जाने बताए ।

‘लैङ्गिक विभेदलाई मूख्य मुद्दा बनाएर अन्य सामाजिक विभेद, सरकारी सेवामा आमनागरिकले भोग्नुपर्ने समस्या र नेपाली समाजको समसामायिक घटनाक्रमको विषयबस्तुलाई प्राथमिकतामा राख्दै कथा चित्रण गरिएको चलचित्र’

‘पहिलो चलचित्रबाट हामी भोजपुरे दर्शकको धेरै साथ र माया पायौँ । आशा छ फेरिपनि आउने यो चलचित्रलाई माया गरि दिनुहुनेछ ।’ निर्देशक विनोद प्रधानले पहिलो चलचित्र स्मरण गर्दै यसो भने । करिब १० लाखभन्दा बढिको निजी लगानीमा बन्ने ‘विदेशीकी स्वास्नी—२’ को छायाँकंनमा भोजपुरका रमणिय पर्यटकिय क्षेत्र सुन्तलेडाँडा, चखेवा–टेम्केडाँडा, ऐतिहासिक टक्सार क्षेत्र, अन्नपूर्ण डाँडा, तिवारीभञ्ज्याङ, दाँवा सिद्धेश्वर बजार, बोखिम, भोजपुर सदरमुकाम आसपासका ठाउँहरु लगायत काठमाडौँका केहि ठाउँहरुका दृश्यलाई विशेष प्राथमिकताका साथ चलचित्रमा समावेश गरिने निर्देशक प्रधानले जानकारी दिए ।
असार पहिलो साताभित्र ती स्थानहरुमा छायाँकन सकी साउन महिना अगावै चलचित्रको ईडिटिङ, भदौ पहिलो साताभित्र पोष्ट प्रोडक्सनको काम र असोज पहिलो सातामा चलचित्र प्रदर्शन गरिने जनाईएको छ । निर्देशक प्रधानका अनुसार असोजबाट प्रदेश नं १ का सबै जिल्लालाई समेटेर चलचित्रको प्रदर्शन गरिने तयारी रहेकोे बताए । पटकथामा आधारित ‘विदेशीकी स्वास्नी २’मा अविनाश राईको संगित संयोजन, सिम्पल किराँतको शब्द तथा चर्चित गायिका   मेलिना राई र पावल चाम्लिङ राईको स्वरमा सजिएको दुईवटा गितहरु समावेश गरिनेछन् ।
केदार राईको छायाँकंनमा बन्ने ‘विदेशीकी स्वास्नी—२’मा रिलिजको क्रममा रहेको नेपाली फिल्म ‘को होला त्यो—३’ का नायिका क्रिस्टिना थापासंगै स्थानिय कलाकार विनोद प्रधान, सुरज खड्का, देवराज प्रधान, शिव श्रेष्ठ, अस्मिता राई, शुसिला तामाङ, विरोध बस्नेत, गणेश प्रधान, विनोद घिमिरे लगायतको प्रमुख भुमिका रहने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार