विश्व अल्ट्राधाविका मिरा राईको सम्मानमा ५२ किलोमिटरको दौड हुने

  सिलिचुङ सम्बाददाता  139 पटक हेरिएको

फाइल फाेटाे : अल्ट्राधाविका मिरा राइ

भोजपुर । विश्व अल्ट्रा धाविका मिरा राईको सम्मानमा ‘दोश्रो भोजपुर मुन्दुम अल्ट्रा ट्रेल रेस २०७५’ प्रतियोगिता आयोजना हुने भएको छ । मुन्दुम पदमार्गको पर्यटकीय प्रबद्र्धनलाई बढावा दिन जिल्ला खेलकुद विकास समिती भोजपुरको आयोजनामा हुने उक्त प्रतियोगिता यही जेठ २५ गते सम्पन्न हुने जनाईएको छ ।

५२ किलोमिटर लामो दुरीको उक्त दौड प्रतियोगिता भोजपुर सदरमुकामको टुँडीखेलबाट शुरु भई सिद्धकाली मन्दिर, काफ्ले, धापखर्क, सुन्तले, बाघखोर, पासेगैरा, चाँपे, चुच्चे गुम्बा हुँदै पर्यटकीयस्थल मैयुङ्ग डाँडाको साउनेडाँडाबाट पुनः उक्त मार्ग हुँदै टुँडीखेलमा आएर समापन हुने प्रतियोगिताको आयोजक कमिटीको संयोजनको रुपमा रहेको रिमाचुङ्ग एजुकेसन एण्ड स्पोर्ट एकाडेमी भोजपुरका अध्यक्ष पावीहाङ्ग राईले जानकारी दिँदै भने, ‘यो दौड विशेष गरेर हामीले अल्ट्राधाविका भोजपुरे चेली मिरा राईको सम्मानमा आयोजन ा गर्न लागेका हौँ ।’

‘दौड विशेष गरेर हामीले अल्ट्राधाविका भोजपुरे चेली मिरा राईको सम्मानमा आयोजना गर्न लागिएकाे हाे ।’ 

उनले जिल्लाको खेल क्षेत्रमा विकास र अल्ट्राधाविका मिरा राईको सम्मानका लागि प्रतियोगिताको आयोजना गरिएको बताए । उनका अनुसार मौसमको प्रतिकुलताको कारण १६ वर्ष उमेर माथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगितामा एकल दौडतर्फ प्रथम दितिय, तृतिय, चौथो र पाँचौ हुने महिला तथा पुरुष खेलाडीले क्रमशः ५० हजार, २५ हजार, १५ हजार, १० हजार र पाँच हजारको साथ ट्रफी मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । यस्तै सामुहिक रुपमा प्रथम, दितीय र तृतीय हुने समुहले क्रमशः १० हजार, आठ हजार, पाँच हजारका साथ ट्रफी र प्रमाण पत्र पाउनेछन् ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव केशव विष्टको विशेष उपस्थितीमा आयोजना हुने प्रतियोगितामा भोजपुर लगायत जिल्ला बाहिरका खेलाडीले सहभागी जनाउने बताइएको छ । आयोजक जिल्ला खेलकुद विकास समिति भोजपुरले प्रतियोगिताको आयोजना गरेको छ भने राष्ट्रिय खेलकुद परिषदको मुख्य प्रायोजन, रिमाचुङ्ग एजुकेसन एण्ड स्पोर्ट एकाडेमीको संयोजन, तिम्मा सरोकार मञ्च काठमाण्डौ, दाँवाली मिलन क्लब र नेपाल माउटेन्ड स्काई रनिङ्ग एसोसियसनले संयुक्त रुपमा प्राविधिक सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार