गणतन्त्र दिवसका अवसरमा प्रभातफेरी (फोटोफिचरसहित)

  सिलिचुङ सम्बाददाता  395 पटक हेरिएको


११ औँ गणतन्त्र दिवसका अवसरमा काठमाडौँस्थित सैनिकमञ्चमा निकालिएको प्रभातफेरी । तश्विर सौजन्य : एकराज भुजेल

भोजपुर । ११ औं गणतन्त्र दिवसका अवसरमा ग्रामिण विकास अभियान (आरडिएम) ललितपुरले प्रभातफेरी कार्यक्रम गरेको छ । अभियानले काठमाण्डौंको भद्रकाली मन्दिरदेखि सैनिकमञ्चसम्म शान्तिपूर्ण ¥याली निकालेको हो ।
‘दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एक जुट हौं, समाजसेवा जस्तो पवित्र कार्यमा हातेमालो गरौँ ।’ भन्ने मूलनाराका साथ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्ति–व्यक्तित्वको उपस्थितिमा आयोजित कार्यक्रममा सामाजिक संस्थाको तर्फबाट अभियानले आफ्नो ब्यानरसहित प्रभातफेरी तथा विविध साँस्कृतिक झाँकीसहित सैनिक मञ्चमा सहभागिता जनाएको थियो ।


प्रभातफेरी उद्घाटनमा संस्थाका अध्यक्ष एकराज भुजेलले दिवसमा सम्पूर्ण ज्ञात÷अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका थिए । यस्तै संस्थाका कोषाध्यक्ष रेखरमण तिमल्सिना, संस्थाका सदस्य दर्शन आचार्यले समेत शुभकामना मन्तव्य राखेका थिए । हेलिकप्टरमार्फत पुष्पबृष्टी गरिएको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी र विभिन्न जातजाती, बौद्ध धर्मालम्बी लगायतले आफ्नो भेषभुषासहित मार्चपासका साथ झाँकी प्रर्दशन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार