चिरपट प्रहारबाट गम्भिर घाईते

  सिलिचुङ सम्बाददाता  168 पटक हेरिएको

फायल फाेटाे

भोजपुर । दाईले प्रहार गरेको बाँसको चिरपटबाट भाई गम्भिर घाईते भएका छन् । षडानन्द नगरपालिका १०, साम्पाङस्थित सुनुवार टोल निबासी स्थानिय ४५ वर्षीय नन्द बहादुर सुनुवार राईले आफ्नै ३६ वर्षीय भाई शेर बहादुर सुनुवार राईलाई बाँसको चिरपटले हानेर गम्भिर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
गत आईतबार दिउँसो करिब १० बजेतिर खेत जोत्ने विषयलाई लिएर दाजु नन्द बहादुरले भाई शेर बहादुरलाई बाँसको चिरपटले हानेको प्रहरीको भनाई छ । उक्त बाँसको चिरपटले टाउकोमा गम्भिर चोट लागेका भाई शेर बहादुरको नाकबाट समेत रगत बगेपछि उनलाई तत्काल उपचारको लागि धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका ईन्सपेक्टर चरित्र विक्रम कार्कीले जानकारी दिए ।
भाईलाई गम्भिर घाईते हुनगरी चिरपट प्रहार गर्ने नन्द बहादुरलाई ईलाका प्रहरी कार्यालय साङपाङले नियन्त्रणमा लिएको छ । अरोपी नन्द बहादुरको मानसिक सन्तुलन ठिक नभएको जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार