पत्रकारले फेसबुक चलाउदा केमा ध्यान दिने ?

फेसबुकले हामी र हाम्रा समाचार बिकाउन जति सघाउ पुगेको छ । समाजमा स्टाटस मेन्टेन गर्न उति नै चुनौती छ ।

  विद्या राई  29 पटक हेरिएको

एकजना पत्रकार साथीले आफुले लेखेका प्रकाशित समाचारहरु दुई महिनासम्म फेसबुकमा शेयर गर्न छाडिदिए । फेसबुकका साथीहरुले उनलाई हरेक दिन प्रश्नले घेर्न थाले । ‘समाचार लेख्ने काम छोड्नुभएको हो ?, फेसबुकमा देख्नै छाडियो ।’ साथी छक्क परे । प्रश्नको जवाफ दिन केही अलमल जस्तै भयो, उनलाई ।

त्यसयता प्रकाशित समाचार फेसबुकमा शेयर गर्न छाडेका छैनन् । आफुले समाचार कस्तो लेखेका छन् भन्ने कुरा अडियन्सको प्रतिक्रिया र कमेन्टमा ख्याल राख्न थालेका छन् । अडियन्सको रुची पनि यसैबाट पत्ता लगाउने गरेका छन् । उनी भन्छन्, ‘यसबाट सर्वसाधारणले जानकारी हासिल गर्ने माध्यम बदलिँदै गएको पुष्टि गरेको छ ।’

उसो त विहान उठ्ने बित्तिकै मोबाइलमा फेसबुक खोल्नु, न्युज फिड हेर्नु, नयाँ कुरा भए पढ्नु, रिएक्ट् गर्नु, च्याट गर्नु सर्वसाधारणका लागि जिवनकै महत्वपुर्ण पाटो बनेको छ । हरेकको साथमा मोबाइलको पहुच पुगेकाले इन्टरनेट र सामाजिक सञ्जाल चलाउनेहरुको संख्या पनि दिनदिनै बढेको छ ।

‘सेयरकास्ट’ संस्थाले पुस र माघमा गरेको एक अध्ययनअनुसार नेपालमा ९५ प्रतिशत बढीको हातमा मोबाइल फोनको पहुँच छ । उक्त अध्ययन सातै प्रदेशका ४ हजार १ सय ४५ जनामा गरिएको थियो । ९८ प्रतिशत उत्तरदाताले मोबाइलबाट इन्टरनेट चलाउने गरेका बताएका थिए ।

तीमध्ये ७१ प्रतिशतले मोबाइल डाटामार्फत र १८ प्रतिशतले वाइफाईमार्फत इन्टरनेट चलाउने जवाफ दिएका थिए । ६० प्रतिशतले सामाजिक सञ्जालका लागि इन्टरनेट प्रयोग गर्ने गरेका बताए । ८१ प्रतिशतले सबैभन्दा धेरै फेसबुक चलाउँछन् । तीमध्ये ५६ प्रतिशतले नयाँ जानकारी थाहा पाउन फेसबुकको प्रयोग गर्ने गरेको बताएका थिए । फेसबुकको तथ्यांकअनुसार उसका ९२ लाखभन्दा बढी प्रयोगकर्ता नेपालमा छन् ।

नेपालका दुई ठूला दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेलको पुस महिनासम्मको तथ्याङंलाई हेर्दा ५ वर्षअघि इन्टरनेट प्रयोगकर्ताको दर २१ प्रतिशत मात्रै थियो । हाल बढेर ६३ प्रतिशत पुगेको छ । ५ वर्षअघि नेपालमा डाटा इन्टरनेटको प्रयोगकर्ताको संख्या करिब ५४ लाखको हाराहारीमा मात्रै थियो ।

अप्टिकल फाइबर र केबल इन्टरनेट प्रयोग गर्नेको संख्या झन् कम ४९ हजारको हाराहारीमा मात्रै थियो । तर, अहिले डाटा इन्टरनेटको प्रयोग गर्नेको संख्या १ करोड ६१ लख ४६ हजार नाघेको छ । अप्टिकल फाइबर र केबल इन्टरनेट प्रयोग गर्नेको संख्या पनि करिब ६ गुणाले बढेर १ करोड ९० लाख पुगेको छ ।

यति धेरै इन्टरनेट र सामाजिक सञ्जालमा फेसबुक प्रयोगकर्ताहरुको जमातले सुचना तथा जानकारीहरु क्षणभरमै प्राप्त गर्छन् । इन्टरनेटको पहुचले गर्दा रेडियो, टिभिका कार्यक्रम बज्ने समय नै ढुकेर बस्नुपर्ने छैन । हिजोआज युट्युबमा अपलोड गर्ने र फेसबुकमा शेयर गर्ने ट्रेन्डले श्रव्य, दृश्य सामाग्रीहरु अडियन्सले अनुकुल अनुसार हेर्छन् र सुन्छन् ।

पत्रपत्रिकाको तरिका पनि उहि छ । सबैजसो पत्रपत्रिकाका प्रिन्टसंस्करण अनलाइन छन् । छुट्टै अनलाइन मात्र त पत्रकार हरेक जसोका छन् । अनलाइनका सामाग्रीलाई सामाजिक सञ्जालहरुमा शेयर गर्ने र अडियन्सकहाँ पु¥याउने गर्छन् । अधिकांश अडियन्सले समाचार सामाग्रीहरु फेसबुकबाटै थाहा पाउछन् ।

वेबसाइट खोलेर भन्दा फेसबुकमा शेयर भएको आएको लिंक खोलेर सामाग्री पढ्नेहरु बढिरहेका छन् । उनीहरुलाई कुन वेबसाइटले के लेख्यो भनेर वेबसाइट खोल्ने झण्झट गर्दैनन् । बरु कस्तो सामाग्रीको लिंक फेसबुकको न्युज फिडमा आउला भनेर कुरेर बसेका हुन्छन् ।

लिंक खोलेर सामाग्री पढिसक्दा बिषयबस्तुले दिन जानकारीबारे प्रष्ट भैदिन्छन् । तर कुन, कहाँको, कस्तो वेबसाइटमा आएको हो पत्तो पाउदैनन् । उनीहरुलाई चासो हुदैन ।

हाम्रा समाचार सामाग्रीहरु अडियन्स कहाँ पु¥याउने गतिलो माध्यम भनेकै फेसबुक बनेको छ । हामी सबैले अनुभव गरेका छौ । वेवसाइटमा मात्रै पोष्ट गरेर छोडेको सामाग्री र फेसबुकमा शेयर गरेको सामाग्रीका अडियन्स आकाशपताल फरक हुन्छन् । मिडिया हाउसहरु कुनै न कुनै माध्यमले सामाजिक सञ्जालमा जोडिएका हुन्छन् । अझ फेसबुकमा नजोडिएका मिडिया हाउस त छदै छैनन् ।

हामीलाई इन्टरनेट र सामाजिक सञ्जालले जति सहजता तुल्याएका छन् । असजता र खतरा पनि उत्तिकै छन् । हुन त जुनसुकै कुराको पनि सबल र दुर्वल दुई पक्ष त हुन्छन् । इन्टरनेट र सामाजिक सञ्जाल झनै खतरनाक छन् । अझ फेसबुकमा यसको समस्या विकराल छ । ट्विटर, वाट्स्एप, भाइवर, इन्ट्राग्राम लगायतका सञ्जालका तुलनामा फेसबुकमा निक्कै खतरा छ ।

फेसबुकले हामी र हाम्रा समाचार बिकाउन जति सघाउ पुगेको छ । समाजमा स्टाटस मेन्टेन गर्न उति नै चुनौती छ । जसले गर्दा फेसबुकबाट टाढै रहनुपर्ने अवस्थाहरु समेत आएका उदाहरणहरु भेटिन्छन् ।

भोजपुरका एकजना पत्रकार यस्तै अवस्थामा पुगे । फेसबुकमा जोडिएको करिब एक दशक पछि एकाउन्ट नै डिएक्टिभ गर्नुपर्ने भयो । तीन महिनाजति भयो उनले फेसबुक एकाउन्ट डिएक्टिभ गरेको । उनलाई पछिल्लो समय नचिनेको फेसबुक आइडीबाट विभत्स तस्बिर र लिंकहरु इन्बक्स गरिएको रहेछ । उक्त आइडीलाई ब्लक गरेपनि पुनः अर्को नयाँ तर नचिनेकै आइडीबाट त्यस्ता तस्बिर पठाउन छाडिएन ।

यस्ता सामाग्री नपठाउन नम्र अनुरोध गरेपनि इन्बक्स गर्न छोडेन । जुन तस्बिरहरु हेरेपछि मानसिक रुपमा बेचैन हुने र डर लाग्ने समस्या हुन थाल्यो । ‘अजिवका, विभत्स हत्याका, रक्ताम्य तस्बिरहरु, भिडियो लिंकहरु आइरहेपछि आफ्नै फेसबुक आइडी डिएक्टीभ गरे,’ उनले भने ।

यसरी ब्लाक मेलिङ गरेर दुःख दिने फेसबुक प्रयोगकर्ताहरुको जमात पनि दिनदिनै बढ्दैछ । यसको सिकार बन्नेहरु पनि बढ्दैछन् । पत्रकारहरु यसबाट सायदै अछुतो छैनन् भन्ने लाग्छ । कतिपय अवस्थामा यस्ता गतिविधि गर्नेलाई हामीले नै सघाउ पु¥याइरहेका पनि छौ । चुनौती हामी आफैले निम्त्याइरहेका हुन्छौ ।

फेसबुकमा लोकप्रिय कमाउने नाममा आफ्ना, परिवारका तस्बिरहरु क्षण–क्षणमा पोष्ट गरिरहेका हुन्छौ । हाम्रा दैनिकी रेकर्ड गरेर राख्ने ठाउँ नै फेसबुक भएको छ । किनकी हामीले कतिबेला उठ्यौ, के गर्दैछौ, के खादैछौ, कता जादैछौ, योजनाहरु के–के छन्, कतिबेला सुत्दैछौ, खुसी छौ कि दुःखी यी यावत मनका बहहरु पोख्ने ठाउँ भनेकै फेसबुक भनेर ठानेका छौ ।

यसले तपाईलाई रिएक्ट र कमेन्टको वाहवाही हुनसक्ला तर क्षणिक मात्रै । यसको दुर प्रभाव भने खतरा नै हुन्छ । हरेक पोष्टले तपाईका दुष्टहरुलाई दरिलो बनाउन, प्रमाण पु¥याउन सहयोग मिलिरहेको हुन्छ । यो कुरामा कहिल्यै ख्याल गर्ने गर्नुभएको छ या छैन ।

इन्टरनेट यति बलियो छ, तपाईको आइडीको एकाउन्ट तपाईको हातमा हुन्छ । तर त्यसको रिमोट प्रविधिमा जोडिएको छ । जुन तपाईको बुताले भ्याउदैन । तपाईले कस्ता कुराहरु पोष्ट गर्दैहुनुहुन्छ, को संग कस्तो वार्तालाप गर्दैहुनुहुन्छ । यी कुराहरु इन्टरनेटमा संकलन भैराखेका हुन्छन् ।

एकाउन्टबाट हटाएपनि इन्टरनेटबाट भने जस्ताको तस्तै रिस्टोर गर्न मिल्छ । तपाई गरेका गोप्य कुराहरु कहिल्यै हट्दैनन् । तपाई मरेर गएपनि इन्टरनेटमा एकपटक पोष्ट भएका कुरा कहिल्यै मर्दैनन् ।

तपाईले तस्बिरहरु पोष्ट गर्दा सबैभन्दा बढि रिएक्ट र कमेन्ट आउछ । भविश्यमा यस्को कुनै भरोसा छैन । प्रविधि यस्तो आएको छ कि तस्बिरहरुलाई इडिट गरेर सजिलै दुरुपयोग गर्न सकिन्छ । भरोसा कसैको हुदैन, कसैले यस्तो नगर्ला भन्न सकिदैन । विशेष गरेर चर्चित सेलिबे्रटीहरु बेलाबेला यस्ता लफडामा फस्ने गर्छन् । पत्रकारका लागि अझ डरलाग्दो विषय हो । एउटा तस्बिरको दुरुपयोगले तपाईमा सामाजिक प्रतिष्ठा कति हदसम्म प्रभावित हुनसक्ला ।

तपाई कता जादैहुनुहुन्छ, जानुभन्दा पहिल्यै फेसबुकमा अपडेट गरेपछि तपाई लक्ष्यमा पुग्न सक्नुहोला भन्ने टुगों हुदैन । तपाई के योजना लिएर जादै हुनुहुन्छ पहिल्यै अवगत गराएपछि योजना विफल हुने मौका मिल्न जान्छ । लुकेका सामाग्रीलाई तथ्य सत्य सहित बाहिर ल्याउन सफल हुन सक्नुहुन्न । कुनै खोज रिपोटिङका प्रमाणहरु नष्ट हुन सक्छन् ।

अन्य पत्रकारले तपाई पुग्नुपहिल्यै समाचार तयार गरेर प्रकाशन वा प्रशारण गर्न सक्छन् । सेल्फी अनि कतै जादै गरेको अवस्था !, केहि काम गर्दै गरेको अवस्था ! जस्ता स्टाटस पछिल्लो समय पत्रकारमा हाबी भएको छ । जुन काम उसले थाल्ने सुरसार गरेकै हुदैन तर फेसबुकमा ब्रेकिङ अघि आइसकेको हुन्छ ।

तपाईको स्टाटस अपडेटले तपाई कस्तो प्रकारको पत्रकार अथवा व्यक्ति हो मानिसहरुले सहजै अड्कल्न सक्छन् । तपाईको स्टाटसले काममा बाधा अवरोध पुग्न सक्छ, तपाई काम गर्ने सञ्चारसंस्थाको ख्यातीमा धक्का पुग्न सक्छ, मानिसहरुको नजरमा गिर्दै जानुभएको हुनसक्छ यसैले बहकिएर स्टाटस लेख्ने कुरामा निक्कै सोच विचार गर्नै पर्छ । जुन कुरालाई हामीले सामान्य रुपमा ठानेका हुन्छौ । आजसम्म सामान्य रुपमा लिएपनि भोलीदेखी सचेत बनौ ।

इन्टरनेटको जञ्जालले जिवनयापनमा सहज पु¥याएभन्दा धेरै गुणा असहजता थपेको छ । सन् २०१४मा एडवर्ड स्नोडेन, एनएसए र यूएस निगरानी राज्य अमेरिकी अन्वेषक पत्रकार ग्लेन ग्रीनवालले पुस्तक नै लेखेका छन् – ‘लुकाउन कुनै स्थान छैन’ । यसमा पूर्व राष्ट्रीय सुरक्षा एजेन्सी ठेकेदार एडवर्ड Snowden द्वारा ग्लोबल सर्भरले विश्वव्यापी निगरानी खुलासा गरेको उल्लेख छ ।

यसैगरी रिसोर्स बेस्ड इकोनोमीले तयार पारेको ‘म किन फेसबुकमा छैन’ वृतचित्रबाट पनि प्रष्ट हुन सकिन्छ । फेसबुकमा हाम्रा विवरणहरु कसरी संकलन हुन्छन् । कति सदुपयोग हुन्छन् । कति दुरुपयोग हुन्छन् । कसरी दुरुपयोग गरिन्छन् । जस्ता कुराहरु थाहा पाउन सकिन्छ ।

हामीले फेसबुक चलाउनै नहुने होइन । हामीले तयार पारेका सामाग्री अडियन्स कहाँ पु¥याउने माध्यम भनेकै फेसबुक हो । तर फेसबुक चलाउदा ध्यान दिन नसके, यसलाई सामान्य रुपमा लिएर अर्थात सेलिबे्रटी बन्ने चाहानाले जथाभावी प्रयोग गरे भविश्यमा पत्रकारको जीउधनको खतरा छैन भन्न सकिदैन । गोपनियतालाई मेन्टेन गरेर चलाऔ । व्यक्तिगत विवरणहरु राख्दा बिशेष ध्यान पु¥याउनुहोस् ।

तपाईको फेसबुक आइडी, पासवर्ड अरुले ह्याक गर्न सक्छ यसका लागि ‘टु स्टेप भेरीफिकेसन’ गर्नुहोस् । कसैले तपाईबाट केही कुरा चोर्न खोज्दैछ र अनावश्यक भिडियो पठाउछ भने खोल्दै नखोल्नुहोस् । यसले केहि हदसम्म भएपनि तपाई फेसबुकमा सुरक्षित हुन सक्नुहुनेछ ।

(रार्इ कान्तिपुर दैनिकका लागि काठमाडाैंमा कार्यरत पत्रकार हुन् ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार