भोजपुरमा ७८ प्रतिशत मुद्दा फछ्र्यौट

सम्बन्ध विच्छेदका मुद्दा बढ्दो

  प्रदीपचन्द्र राई  665 पटक हेरिएको

बिहीबार पत्रकारहरुसंगको अन्र्तक्रियामा वार्षिक विवरण सुनाउँर्दै जिल्ला न्यायाधीश हरिशचन्द्र ईङ्नाम । तश्विर / सिलिचुङ साप्ताहिक

भोजपुर । जिल्ला अदालत भोजपुरले आर्थिकवर्ष ०७४/७५ मा ७८ दशमलब ७ प्रतिशत मुद्दा टुंगो लगाएको जनाएको छ । गत आर्थिकवर्षमा २ सय ६५ वटा मुद्दामध्ये अदालतले २ सय ७ वटा मुद्दा फछ्र्यौट गरेको हो ।
अदालतले आर्थिकवर्ष ०७३/७४ को ६१ र गत आर्थिकवर्षको २ सय ४ वटा गरी २ सय ६५ मध्ये अदालतले अन्तिम ९ महिना अवधीका ५८ वटा मुद्दाहरु चालु आर्थिकवर्षमा सारेको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ईङ्नामका अनुसार फछ्र्यौट गर्नुपर्ने बाँकी ती मुद्दाहरुमध्ये ३० वटा मुद्दाहरु ०७५ बैशाखमा आएको र म्याद थप्ने, मुद्दाको रोकथाम लगायत विविध अंग, प्रक्रिया पुरा गर्न समय लाग्ने भएकाले तत्काल गर्न नसकिएको हो ।

गत आर्थिकवर्षमा सबैभन्दा सम्बन्ध विच्छेदका ५८ वटा मुद्दाका चाङ लागेको छ । त्यसमा सबैभन्दा बढि २५ वर्ष उमेर समुह संख्याका धेरै रहेकाे जिल्ला अदालत भाेजपुरकाे तथ्याङ्कले देखाएकाे छ ।

जिल्ला न्यायाधीश ईङ्नामको ईजलासमा १ सय ५९ लक्ष्य लिईएकोमा १ सय ८७ वटा मुद्दाको सफाई भएको जनाईएको छ । जुन १ सय १७ दशमलब ६१ प्रतिशत हो । त्यस्तै न्यायाधीश प्रकाश श्रेष्ठको ईजलासमा २३ वटा लक्ष्य लिएईकोमा २० वटा मुद्दाको छिनोफानो भएको थियो । जुन न्यायाधीश श्रेष्ठको ८६ दशमलब ९५ प्रतिशत हो । न्यायाधीश ईङ्नामका अनुसार ९ महिना भित्रको ५८ वटा मुद्दाबाहेक अन्य अवधिगत बाँकी मुद्दा फछ्र्यौटका लागि बाँकी छैनन् ।
निरन्तर सुनुवाईतर्फ १ महिनाभित्र ७ वटा, ३ महिनाभित्र २५ वटा, ३ महिना नाघेका ११ वटा र ६ महिना नाघेका ६ वटा मुद्दाहरु किनारा लगाईएको बताईएको छ । त्यस्तै थुनुवातर्फ ४७ वटा मुद्दामध्ये ४० वटा फछ्र्यौट गरिएको छ भने थुनुवातर्फको मुद्दा फछ्र्यौट प्रतिशत ८५ दशमलव १० रहेको छ । गत आर्थिकवर्षमा सबैभन्दा चाङ लागेको सम्बन्ध विच्छेदका ५८ वटा मुद्दामा ४५ वटा फछ्र्यौट भएका छन् भने १३ वटा मुद्दा हाल चलिरहेको जनाईएको छ । जिल्ला अदालत भोजपुरमा २५ देखी ४० वर्ष उमेर समुहका अधिकत्तम दम्पतीहरुका सम्बन्ध विच्छेदको मुद्दा दाखिला हुने गरेका छन् ।
अदालतले मेलमिलापमा २३ वटा मुद्दा पठाएकोमा मेलमिलाप भएको १७ वटा, मेलमिलाप हुन नसकी फिर्ता भएको ४ वटा, प्रक्रियामा रहेको २ वटा र सूचिकृत मेलमिलाप गराउनेको संख्या ६ रहेको छ । जुन मेलमिलापबाट ७४ प्रतिशत मुद्दाहरु फैसला गरिएको अदालतका स्रेस्तेदार मणिराम पोखरेलले बताए । त्यस्तै १ सय ७३ वटा मुद्दाको अंग पु¥याउनेको लक्ष्य लिईएकोमा प्रगतीतर्फ २ सय ४७ वटा मुद्दाको किनार लागेको जनाईएको छ ।
त्यस्तै मुलतवी मुद्दातर्फ जिम्मेवारी संख्या ११ वटा, आब ०७४/७५ मा १० वटा गरी जम्मा २१ वटा संख्या रहेकोमा जागेको ५ वटा र बाँकी मुलतवी संख्या १६ वटा रहेका छन् । फैसला कार्यान्वयनतर्फ २१ वटा निवेदन पर्ने अनुमान गरिएका छन् । जसमा १७ वटा फछ्र्यौट लक्ष्य लिएकोमा २४ वटा फछ्र्यौट गरेको यो पहिलो उपलब्धी हो ।
यस्तै आर्थिकवर्ष ०७४/७५ को असार मशान्तसम्म अदालतमा ३४ वटा जबरजस्ती करणी उद्योगका मुद्दाहरु दर्ता भएकामा २६ वटा मुद्दाहरुको टुंगो लागेको र ८ वटा मुद्दाहरु चालु आर्थिक वर्षमा चलिरहेको बताईएको छ । से्रस्तेदार पोखरेलका अनुसार सबैभन्दा बढी २५ वर्ष उमेर समुहभित्रका जबरजस्ती करणी मुद्दा आउने गरेका छन् । जबरजस्ती करणी उद्योगको मुद्दा फैसला हुँदा पिडीतलाई ५० हजारदेखी ४ लाखसम्म क्षतिपूर्ति र पिडकलाई १६ वर्षसम्म कैद सजाय सुनाएको जनाईएको छ ।
त्यस्तै गत आर्गिकवर्ष ०७४/७५ मा कुल फछ्र्यौट भएका मुद्दामध्ये लेनदेनका ७, जग्गाका २३, पारिवारिक १ सय, चोरी ४, ज्यानतर्फ १९, कुटपीट ७, लागू औषधसम्बन्धि २, करकापका २, गालीबेईज्जतीका ७, गोवध १, लुटपाटर्फ ४, जालसाजीमा ३, जीउमाीने बेच्नेमा १, घरेलु हिंसा ऐनसम्बन्धि २, ठगीमा १, बनसम्बन्धि १, विविधतर्फ २६ वटा मुद्दा गरी कुल २ सय ७ वटा मुद्दाहरुको फैसला गरिएको जिल्ला अदालत भोजपुरले जनाएके छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार