भाेजपुर क्याम्पसमा विद्यार्थीलाई संकायगत अभिमुखीकरण

  सिलिचुङ सम्बाददाता  156 पटक हेरिएको

विद्यार्धीलाइृ अभिमुखीकरण गरिँदै । तश्विर साैजन्य / प्रकाश सिं राई

भोजपुर । भोजपुर बहुमुखी क्याम्पसमा विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धि गर्ने उद्देश्यले संकायगत अभिमुखीकरण सुरु भएको छ । तीन दिने अभिमुखीकरणमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत विद्यार्थीलाई संकायगत शिक्षाशास्त्र, मानविकी र व्यवस्थापनमा प्रशिक्षण दिईने जनाईएको छ ।
अभिमुखीकरणको पहिलो दिन आईतबार स्नातक तह शिक्षा शास्त्र संकाय प्रथम बर्षका विद्यार्थीहरुलाई विषयगत प्रशिक्षण गराईएको छ । आगामी नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु हुनुअघि र नजिकिएको पहिलो वर्षको परिक्षापश्चात अरु बार्षिक योजना बनाई त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम, परिक्षा तयारी, लेखन सम्बन्धि अभिमुखिकरण, आन्तरिक परिक्षा व्यवस्थापनका लागी समेत पहल गर्ने तयारी रहेको भोजपुर स्ववियु सभापति प्रकाश सिं राईले बताए ।
अभिमुखीकरणमा क्याम्पस प्रमुख डा. रोहित कुमार श्रेष्ठ, भुपू निमित्त क्याम्पस प्रमुख निमा शेर्पा लगायत विषयगत प्राध्यापकहरुले परिक्षा तयारी एवम् लेखन कला सम्बन्धि अभिमुखिकरण गराउने जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार