बाबुआमाको सपना अधुरै छाडेर ‘अलविदा’ भईन् सविना

अधुरै रह्यो सपना, बाबुआमा विक्षिप्त

  प्रदीपचन्द्र राई  1537 पटक हेरिएको

दुर्घटनामा ज्यान गुमाएकी सबिना राई । तश्विर / सबिनाको फेसबुकबाट

भोजपुर  भगवान पनि कति कठोर हुन्छ । जुन कलकलाउँदो उमेरमै ९ महिना गर्भमा राख्ने आमा र कर्म दिने बाबुलाई सँधैलाई त्यागेर उनैको प्यारो हुनुप¥यो, १७ वर्षिया सविनालाई । साउनको झरी जस्तै बाबु चतुरवीर राई र आमा शुक्रकुमारी राईको आँखाबाट एकटकले आँशको भेल झरे, जब एक्कासी छोरीको दुर्घटना भएको फोन आयो । आफ्नी अति प्राणप्रिय छोरीको खबर बुझ्दाबुझ्दै केही छिनपछि सविनाको मृत्यूको खबरले आमाबाबु मरेतुल्य भए । आफ्नो जन्मदिने आमाबाबु, दाजुदिदी र सानी बहिनीसंग यो संसारबाट सबिनाले अलविदा गरिन् ।

‘राम्रो नाँच्ने कलाकार भएर ठुलो मान्छे भएर देखाउने मेरो छोरीको सपनालाई आखिर दैवले पनि देखि सहेन । मेरो मुटु खोसेर लग्यो । मेरो खुशी खोसेर लग्यो ।’ अति भावविहिल हुँदै आमा शुक्र कुमारीले भनिन् ।

सोमबार विहान साथिहरुसंग पोखरा घुमेर फर्कने क्रममा तनहुँको ब्यास नगरपालिका १२, छिर्कनेमा पर्ने पृथ्वीराजमार्ग सडकमा सबिना र उनका साथिहरु चढेको माइक्रोबसलाई ट्रकले ठक्कर दियो । दुर्घटना घाईते १५ जनामध्ये गम्भिर घाईते भएकी सबिनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भयो ।
यो घटनाले एकाएक विक्षिप्त बनेका ती बाबुआमालाई आफ्नी छोरी यो दुनियाँमा नरहेको खबर पाएपछि घरको सिकुवामा थाम समातेर आँखाबाट बररर आँशु झार्न बाहेक अरु केहि सिप लागेन । अन्तिम पटक ‘म दशैँमा मात्र आउँछु है ममि बाबा । मेरो क्लास सुरु भईसक्यो । राम्रोसंग बस्नुस् ।’ यसो भनेर घरको दैलोबाट विदा भएकी सविना आखिर बाबुआमालाई सदासदाका लागि छाडेर गईन् ।
नेपालको सवोत्कृष्ट डान्सर बन्ने उनको सपना सपनामै सिमित रह्यो । आमाबाबुलाई एक चर्चित डान्सर बनेर आफुलाई चिनाउने उनको सपनालाई नचाहँदानचाहँदै बिँट मानुप¥यो । ‘राम्रो नाँच्ने कलाकार भएर ठुलो मान्छे भएर देखाउने मेरो छोरीको सपनालाई आखिर दैवले पनि देखि सहेन । मेरो मुटु खोसेर लग्यो । मेरो खुशी खोसेर लग्यो ।’ अति भावविहिल हुँदै आमा शुक्र कुमारीले भनिन् ।
आफ्नो सपना पुरा गरेर बाबुआमा र बहिनीलाई सुख दिने छोरीको सपना टुटेपछि बाबु चतुरवीरलाई पर्नु पिडा परेको छ । सँधै बाबुआमालाई सबैभन्दा माया गर्ने छोरी आफ्नै काख रित्तिएको देख्दा उनी भित्रदेखि नै टुटेका छन् । ‘सबैभन्दा माया लाग्ने छोरी । सानो सानो कुरामा पनि बाबुआमासंग खुशी साट्ने, सबैलाई हँसाएर राख्ने, मिठो बोल्ने गर्थी । अब छोरी नै छैनन्, घरै शुन्य भएको छ ।’ बाबु चतुरवीरले अति भावुकतामा भने ।
सानै उमेरदेखी नृत्यमा औधी रुची राख्ने सविना साँच्चै नै एउटा अद्भुत कलाकी खानी थिईन् । शान्त स्वभाव, मिठो बोली अनि साथिहरुसंग अति नै मिलनसार र सहयोगी सबिनाको कलाकारितामा निकै दखल थियो, उनको । ०५७ सालमा पूर्वी पहाडी जिल्ला भोजपुरको हाल भोजपुर नगरपालिका वडा नं ५, बोखिमको दाम्सिङ भनिने गाउँमा बाबु चतु्रवीर र आमा शुक्र कुमारीको पाँचौ सन्तानको रुपमा जन्मिएकी सविना सानैदेखी नृत्यमा दिलोज्यान लगाउँथिन् । हुने विरुवाको चिल्लो पात भनेझैँ सानै उमेरमा अन्य सहेलीभन्दा राम्रो नृत्य गर्ने गर्थीन, सबिना । एक मध्यम वर्गिय परिवारमा हुर्किएर भिरपाखा, बनजंगलमा दाउराघाँसका साथै गोठालामा पनि आफ्नै सुरमा नाच्ने उनीमा नृत्यको ‘अन्धभक्ति साधना’ थियो ।
स्थानीय भोजपुरे युवा कलाकारको रिलिजको क्रममा रहेको चलचित्र ‘विदेशीकी स्वास्नी २’ को ‘मेरी आँखामा हरपल’ बोलको म्युजिक भिडियोको तयारीमा रहेकी सविनाको यो दुःखद घटनाले आफ्नो सम्पूर्ण चलचित्र टिमलाई नै एकदमै मर्माहत तुल्याएको निर्देशक विनोद प्रधानले भने । ‘सविना एक साँच्चिकै अद्भुत क्षमता भएकी डान्सर थिईन् । उनको यो घटनाले हामीलाई एकदमै दुखी बनाएको छ ।’ उनले गम्भिर मुद्रामा भने ।
कक्षा १२ मा पढ्दै गरेकी सविना केही समयदेखी काठमाडौँ स्वयम्भुमा माईलो दाई जिवन राईसंग बस्दै आएकी थिईन् । करिब एक महिना अघिमात्रै चर्चित डान्स ग्रुप ‘दि कार्टुन क्रू’ डान्स क्लास सिक्दै गरेकी सविना साथिहरुसंग घुम्न पोखरा गएकी थिईन् । दाई जिवन पनि गितसंगितको शिलशिलामा ०६५ सालतिर काठमाडौँ छिरेका हुन् । उनी एक लोकदोहोरी गायक हुन् । आफ्नो बहिनीको यो अकस्मात दुःखद घटनाले उनलाई विक्षिप्त बनाएको छ । जेठा दाई श्याम ३/४ वर्षदेखी वैदेशिक रोजगारको शिलशिलामा पोल्याण्ड छन् भने दुई दिदीहरुको विहे भईसकेको छ । घरमा आमाबुबा र सानी बहिनी मात्रै छिन् । उनको घटनाले पुरा गाउँ नै शोकमय बनेको छ ।

 

सबिनाले नृत्य गरेको एउटा भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार