आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट छेटु शेर्पालाई सम्मान गरिने

काठमाडौं । संखुवासभाका छेटु शेर्पा ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ सम्मानित हुने भएका छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले छापा क्षेत्रबाट शेर्पालाई सम्मान गर्न लागेको हो। शेर्पा वातावरण क्षेत्रको रिपोर्टिङ गर्छन्।

पुरस्कार छनोट समितिको बैठकले गरेको पुरस्कार छनोट सम्बन्धी निर्णय मंगलबार फोनिजको सचिवालयले अनुमोदन गरेको थियो । फोनिजले हरेक वर्ष प्रदान गर्दै आएको यो पुरस्कारबाट अनलाइनतर्फ उजिर मगर, टेलिभिजनतर्फ भैरव आङला र रेडियोतर्फ विमला चौधरीलाई सम्मानित हुने भएका छन्।

पुरस्कारको राशी जनही नगद ४० हजार रुपैयाँ रहेको छ। पुरस्कार साउन २७ गते फोनिजको स्थापना दिवसको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा प्रदान गरिने महासचिव मनोज घर्तीमगरले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार