बुईँकलमा लुकाएर राखेको अवस्थामा साढे ६ केजी गाँजा भेटपछि एक महिला पक्राउ

  सिलिचुङ सम्बाददाता  201 पटक हेरिएको

बुधबार जिल्ला प्रहरी कार्यालय भोजपुरले कोमलशोभा राईको घरबाट खानतलासीको क्रममा बरामद गरेको गाँजाको बोरा । तश्विर/सिलिचुङ

भोजपुर । साढे ६ केजी अवैध गाँजा सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । भोजपुर नगरपालिका १०, भैँसीपंखा धाराटारकी ६४ वर्षिया कोमलशोभा राईलाई अवैध गाँजाको कारोबार गरिरहेको रहेको अवस्थामा जिल्ला प्रहरीले बुधबार पक्राउ गरेको जनाईएको छ ।
राईले केही समयदेखी गाँजा उत्पादन तथा विक्री वितरण गरिरहेको भन्ने विशेष सुराकीको आधारमा उनको घर खानतलासी गर्ने क्रममा उक्त गाँजा फेला परेको प्रहरीले जनाएको छ । उनले घरको बँुईकल तलामा बोराभित्र गाँजा लुकाएर राखिएको अवस्थामा भेटिएको थियो ।
बिक्रीवितरणका लागि राखिएको उक्त गाँजाका साथै प्रहरीले राईको १४ रोपनी क्षेत्रफल मकैबारीमा रहेको एक सय २ बोट र उनका छिमेकी ६२ वर्षीय दिलकुमार राईको १३ रोपनी क्षेत्रफल मकैबारीमा लगाएको ८४ बोट गाँजा समेत नष्ट गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी केशवकुमार थेबेले जानकारी दिए । पक्राउ परेकी राईलाई अवैध गाँजा बेचविखन गरेको आरोपमा कानुनी कारवाहीको प्रक्रिया अगाडी बढाएको डिएसपी थेबेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार