भोजपुरमा २४ औँ अन्र्तराष्ट्रिय आदीबासी जनजाती दिवस भव्य रुपमा सम्पन्न (फोटोफिचर)

  सिलिचुङ सम्बाददाता  168 पटक हेरिएको

बिहीबार सदरमुकाममा २४ औँ अन्र्तराष्ट्रिय आदीबासी जनजाती दिवसका अवसरमा निकालिएको ¥यालीमा सहभागी । तश्विर/ प्रदीपचन्द्र राई

भोजपुर । भोजपुरमा २४ औँ अन्र्तराष्ट्रिय आदीबासी जनजाती दिवस भव्य रुपमा मनाईएको छ । दिवसका अवसरमा बिहीबार नेपाल आदीबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् भोजपुरको आयोजना र भोजपुर नगरपालिकाको प्रायोजनमा सदरमुकाम विभिन्न जातीय भेषभुषा, परम्परागत झाँकी प्रदर्शन गरिएको थियो ।
‘अधिकार, प्रतिनिधीत्व र स्वायत्तता÷स्वशासनको लागि आदीबासी जनजातीको आह्वान, मानव पहिचान सहितको संघियताको लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने मुलनाराका साथ बिहीबार जातीय भेषभुषा, परम्परागत झाँकीसहित भोेजपुर डाँडागाउँदेखी चारभञ्ज्याङ हुँदै बृहत ¥याली निकालिएको थियो ।
¥यालीपछि नेपाल आदीबासी जनजाती महासंघ भोजपुरको कार्यालयमा एक कार्यक्रमका विच दिवसको औपचारिक समापन भएको थियो । कार्यक्रममा नगरप्रमुख कैलाशकुमार आले, जिसस सभापति लक्ष्मण खड्का, सहायक प्रजिअ उपेन्द्र न्यौपाने, नेपाल आदीबासी जनजाती महासंघ भोजपुरका अध्यक्ष चक्रप्रसाद राई, अन्य जातीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, राजनितिक दलका प्रतिनिधी जिल्लास्थित क्रियाशिल पत्रकार लगायत अन्य व्यक्ति–व्यक्तित्व, सर्वसाधरणको उपस्थिती थियो ।

२४ औँ अन्र्तराष्ट्रिय आदीबासी जनजाती दिवसका अवसरमा आयोजित कार्यक्रमको केहि झलक…..

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार