बृद्धा भत्ता बढने होइन बन्द गरिन्छ, ऋण खोजेर बृद्धभत्ता दिन सक्दैनौँः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिका पुगेर बृद्धभत्ताको विरोध गरेका छन् । बृद्धभत्ताको राजनीतिबाट उदय भएको पार्टीका अर्थमन्त्री खतिवडाले बृद्धभत्ताको खुलेर विरोध गरेका छन् । नेकपाको घोषणापत्रमा बृद्धभत्ता ५ हजार पु¥याउने उल्लेख गरिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हातहातमा ५ हजारका दरले बृद्धाभता दिने भाषण समेत गरेका थिए । तर अर्थमन्त्री खतिवडाले भने –‘अहिलेको अवस्थामा ऋण खोजेर बृद्ध भत्ता दिनुपर्ने अवस्था छ,’ उनले भने ‘हामी छोरा नातीलाई ऋण बोकाएर बृद्धभत्ता बाँड्ने भन्दा पनि स्रोत जुटाएर बृद्ध भत्ता बढाउने पक्षमा छौं ।’
सरकारले ८ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्नेगरी काम गरिरहेको बताएका छन् । उनले राज्य पुनसंरचनाको आधारमा अर्थतन्त्रको पनि धेरै पक्षको पुनसंरचनाको क्रममा रहेको भन्दै तत्कालै नजिता देखिनेगरी काम हुन बाँकी रहेको बताए ।
विश्व बैंक लगायतका दातृ निकायहरुसंगको छलफलको लागि तीन दिने अमेरिका भ्रमणको क्रममा रहेका अर्थमन्त्री खतिवडाले बाल्टिमोरमा आइतबार आयोजित एक कार्याक्रममा उपयुक्त स्रोत नभएकोले बृद्ध भत्ता बढाउन नसकेको स्पष्ट पारेका हुन् ।
खतिवडाले सरकारले १० वर्षमा १५ हजार मेगावाट क्षमताको विद्युत आयोजनाको विकासको योजना अगाडि सारेको भन्दै सरकारको अहिलेको क्षमताले ३ हजार मेगावाटको आयोजना मात्रै बन्ने र बाँकी १२ हजार आयोजनाको लागि स्रोतको खोजी आवश्यक रहेको बताए ।
१२ हजार मेगावाट विद्युत उत्पादन गर्न २४ खर्ब स्रोत जुटाउनको लागि अहिलेको भ्रमणमा छलफल हुने र गैर आवासीय नेपालीहरुलाई पनि जलविद्युतमा लगानी गर्न उनले जोड दिएका छन् ।
‘हामीले १२ हजारमा १० हजार मेगावाट जलविद्युत आयोजनाको विकास गर्ने योजनामा छौं, बाँकी यौर्य उर्जाको विषयमा छलफलमा छयसमा हामी सबैको सहयोग खोजिरहेका छौं’ उनले भने । उनले ३ वर्षमा नेपाल विद्युत निर्यात गर्ने अवस्थामा पुग्ने दाबी पनि गरे ।
आफ्नो सरकारले १० वर्षसम्ममा बैदेशिक रोजगारीमा गएकाहरु नेपालमै फर्किने व्यवस्था गर्ने योजना ल्याएको भन्दै अवको ५ वर्षमा श्रमको लागि कसैलाई विदेश जानुपर्ने अवस्थामाको अन्त्य गर्ने पनि बताए ।
हामीले पर्यटनलाई जोड दिएका छौं । आधारभुत आर्थिक बृद्धिलाई जोड नदिए सरकारको लक्ष्य पुरा हुँदैन । हामी पर्यटनबाट काममा अवसरहरु श्रृजना गर्छौं,रोजगारीका अवसरहरु मुलुकमा श्रृजना गछौैं’ उनले भने ।
उनले श्रमको सम्मान गर्ने बानी बसाल्नुपर्ने भन्दै विदेशमा रहेका नेपालीलाई विदेशी सिप लिएर नेपाल फर्कन आग्रह पनि गरे ।
‘विदेशमा काम गरेर फर्कने नेपालीममा अनुसासित श्रमको भावना विकास भएको हुन्छ । विदेशमा कमाएको अनुभव, ज्ञान र पुँजीको प्रयोग नेपालमा गर्न सकिन्छ’ उनले भने ‘विदेशमा रहेका नेपालीसंग सरकारको ठूलो अपेक्षा छ । विदेशमा रहेका नेपालीहरुले स्वदेशमा रहेका नेपालीसंग मिलेर नेपालमा लगानी गर्न सक्नुहुन्छ ।’
खतिवडाले गैर आवासीय नेपालीहरुले सामुहिक लगानी कोषको माध्ययम वा पुँजी बजारमा पनि लगानी गर्न सकिने व्यवस्था रहेको बताए । अर्थमन्त्री खतिवडाले पारदर्शी खर्च गर्न र भ्रष्टाचार सुन्य पार्न सरकार कडा हुन खोजेको बताएका छन् । बहुमतको सरकार छ भनेर सरकार एक्लै हिड्न चाहँदैन भन्दै उनले राष्ट्रिय स्वार्थमा सबैपक्षसंग सहमति गर्न चाहेको बताए ।
अर्को एक प्रश्नमा उनले सेयर बजारमा कुनै पनि संकट नआएको भन्दै ढुक्क हुन सबैलाई आग्रह गरे ।
‘थोरै तलमाथि त न्यूओर्क स्टक एक्सचेन्जमा पनि हुन्छ,जापानमा पनि हुन्छ त्यसैको आधारमा सेयर बजार धारासायी नै भयो भन्ने हुन्दैन ।’ उनले भने मुल्य उतारचढाव स्वभाविक हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार