सुत्केरीलाई प्रोत्साहन दिन ‘रातोभाले’

  सिलिचुङ सम्वाददाता

च्याङ्ग्रे बर्थिङ्ग सेन्टरमा प्रसुति गराएकी च्याङ्ग्रेकी प्रविना लम्जेलाई रातोभाले प्रदान गर्दै गाउँपालिका अध्यक्ष किरण राई । तश्विर/सिलिचुङ

भोजपुर । दुर्गम भेगका महिलाहरुलाई स्वास्थ्य संस्थामै प्रसुति गराउनु पर्छ भन्ने मानसिकताको विकास गर्ने उद्देश्यले पौवादुङ्मा गाउँपालिकाको नयाँ निर्णय बमोजिम स्वास्थ्य संस्थामा सुरक्षित मातृ प्रसुति गराउने प्रत्येक ग्रामिण भेगका महिलाहरुलाई प्रोत्साहन स्वरुप कुखुराको ‘रातोभाले’ प्रदान गर्ने निर्णय ल्याएको छ ।

कुल जनसंख्या १५ हजार ३ सय ९४ मध्ये झण्डै ५१ प्रतिशत महिला संख्या रहेको गाउँपालिकाका दुर्गम ग्रामिण भेगमा अझैपनि घरमै पराम्परागत प्रसुति गराउने चलन छ ।

गाउँपालिका अध्यक्ष किरण राईले विशेषगरि दुर्गम ग्रामिण भेगका गर्भवती आमा र बच्चाको स्वास्थ्यलाई ख्यालमा राख्दै बर्थिङ्ग सेन्टरमै सुरक्षित प्रसुति गराउन अभिप्रेरित गर्ने किसीमको नयाँ निर्णय ल्याएको बताए । उनले भने, ‘गाउँका महिला दिदीबहिनीहरुलाई अकालमै ज्यान गुमाउने पर्ने परिस्थितीलाई विशेष ध्यानमा राख्दै स्वास्थ्य संस्थामै सुरक्षित प्रशुति गराउनका लागि यो निर्णय ल्याएका हौँ ।’
कुल जनसंख्या १५ हजार ३ सय ९४ मध्ये झण्डै ५१ प्रतिशत महिला संख्या रहेको गाउँपालिकाका दुर्गम ग्रामिण भेगमा अझैपनि घरमै पराम्परागत प्रसुति गराउने चलन छ । विगतमा धेरै सुत्केरी महिलाहरुको अकालमै ज्यान जाने स्थितीलाई भविष्यमा सुरक्षित प्रसुतिमार्फत रोकथाम गर्न बर्थिङ्ग सेन्टरमा प्रसुति गराउनुपर्ने च्याङ्ग्रे स्वास्थ्य चौकीकी अनमी अप्सरा श्रेष्ठले सुनाईन् । ‘घरमै सुत्केरी गराउनुभन्दा स्वास्थ्य चौकीमै सुत्केरी गराउँदा एक त आमाबच्चाको ज्यान पनि सुरक्षित हुन्छ, अर्कोतिर प्रोत्साहन स्वरुप २ हजार ८ सय पैसाले सहयोग पनि पुग्छ ।’ उनले भनिन्, ‘मुख्यतः स्वास्थ्य संस्थामै प्रसुति गराउँदा सम्भावित दुर्घटना न्यूनिकरण गर्न सकिन्छ ।’
गाउँपालिकाका तिवारीभञ्याङ्ग, बास्तीम र च्याङ्गेमा गरि तीन वटा स्वास्थ्य चौकी रहेपनि च्याङ्ग्रे स्वास्थ्य चौकी स्थापनापछि अहिलेसम्म करिब ५० भन्दा बढि ग्रामिण भेगका महिलाले प्रसुति गराउन आएको अनमी श्रेष्ठले जानकारी दिईन् । तर गाउँपालिकाको यो निर्णयले प्रोत्साहित भएर ग्रामिण भेगका महिलाहरुले स्वास्थ्य चौकीमै सुरक्षित प्रसुति गराउनका लागि गाउँपालिकाले आफ्नो गाउँसभाबाट निर्णय पारित गरेको जनाएको छ । हाल जिल्लाभर जिल्ला अस्पताल भोजपुर लगायत नौ वटै स्थानिय तहमा जम्मा ३० वटा बर्थिङ्ग सेन्टर (स्वास्थ्य चौकी) सञ्चालनमा रहेको छ भने नयाँ सेन्टर खोलिने क्रममा रहेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार