ईस्टर्न जलविधुत्तको शेयर स्थानीयलाई खुला गरिने

  प्रदीपचन्द्र राई

९० प्रतिशत काम सम्पन्न गरिएको ५ मेघावाट क्षमताको ईष्टर्न हाईड्रोपावरको निर्माणाधिन संरचना । तश्विर सौजन्य / दिपेन राईको फेसबुकबाट

 

भोजपुर । निर्माणाधिन ईस्टर्न जलविधुत्त (५ मेघावाट) आयोजनाको शेयर (आईपिओ) स्थानीयका लागि खुलाईने भएको छ । आयोजनाको कुल ईस्टिमेटको १० प्रतिशत हुने गरी आयोजनाबाट प्रभावित स्थानीयका लागि आगामी मंसिरबाट शेयर खुला गरिने आयोजनाले जनाएको हो ।

हालका लागि स्थानीयको हकमा १० प्रतिशत शेयर खुलाईएपनि आगामी मंसिरबाट पूर्ण रुपमा शेयर जिल्लाभर नै जारी गरिने जनाईएको छ ।

प्रभावित क्षेत्रका जनप्रतिनिधीहरु, स्थानीय सरोकारवाला निकाय, आयोजनाका पदाधिकारीहरु र स्थानीयको संयुक्त छलफलबाट प्रभावित क्षेत्रका स्थानीयले उक्त आयोजनाको १० कित्तादेखि ३० हजार कित्ता (एक हजारदेखि ३० लाख) सम्म शेयर हाल्न पाउने व्यवस्था गरिएको हाईड्रोपावरले जनाएको छ । हाईड्रोपावरको कुल एक अर्ब १५ करोडको प्राविधिक ईस्टिमेटमध्ये आयोजनाबाट प्रभावित स्थानीय क्षेत्रहरुमा कुल ६ करोड २० लाख बराबरको हिस्सामा शेयर दिनुपर्ने प्रावधान रहेको आयोजनाका आयोजना अधिकृत दिपेन राईले जानकारी दिए । उनले भने, ‘आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीय पहिलो प्राथमिकतामा पर्ने भएकाले आयोजनाको कुल ईस्टिमेटको १० प्रतिशतमा शेयरमा उनीहरु हकदार रहने व्यवस्था छ ।’

हालका लागि स्थानीयको हकमा १० प्रतिशत शेयर खुलाईएपनि आगामी मंसिरबाट पूर्ण रुपमा शेयर जिल्लाभर नै जारी गरिने जनाईएको छ । जिल्लामा आयोजनाको एनएमबी क्यापिटल लिमिटेडमार्फत धितोपत्र जारी गरि शेयर खुलाउने व्यवस्था गरिएको यो पहिलोपटक हो । कानुनी रुपमा वैधता रहने गरि भोजपुर जिल्लाको नागरिकता भएका प्रभावित क्षेत्रका उपभोक्ताका लागि उक्त शेयर खुलाईएको हो ।


विविध प्राविधिक कारणबस झण्डै साढे पाँच वर्ष रोकिएको उक्त जलविद्युत आयोजनाको काम अहिले ९० प्रतिशत भौतिक संरचना र ६५ प्रतिशतभन्दा बढी मेकानिकल काम सम्पन्न भएको छ । कुल १ अर्ब १४ करोडको लगानीमा बन्ने आयोजनाको पिपिए अनुसार ०७६ असार मशान्तसम्म सकिने सम्झौता भएपनि चालु आर्थिकवर्ष ०७५÷७६ को मंसिर÷पौष महिनातिर सकिने लक्ष्य राखिएको आयोजनाका प्रमुख एवम् ईन्जिनियर रोशन साहले बताए ।
०६२ सालमा तात्कालिन समयका लागि नेपाल विद्युत प्राधिकरणसंग ४५ करोडको लगानीमा २ दशमलब ५ मेघावाट क्षमताको विद्युत उत्पादन हुने गरि सम्झौता अनुरुप आयोजनाको सर्भे गरिएको थियो । ०६७ सालबाट रोकिएको आयोजनाको निर्माण कार्य पछि ०७२ साल अन्त्यतिर आयोजनाको विद्युत क्षमता बढाएर ५ मेघावाट पु¥याईएपछि कामको थालनी गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार