सगरमाथा उच्च मा.वि. कक्षा –१० को ठूलो हल, लगभग २५० जना विद्यार्थी एउटै कोठामा पढाइ हुने । सामाजिक शिक्षाको नेपाली राजनिती विषयवस्तुको कक्षा, अनि पेरियडको अन्त्यमा भिडको बिचबाट उभिँदा नि बसेको साथीहरू जत्रै देखिने एउटा फुच्चे विद्यार्थी उठेर सोध्छ, “सर, जनआन्दोलन–२०४६ मा संयुक्त बाममोर्चामा कुन कुन पार्टीहरू थिए ?, कुन कुन पार्टी मिलेर एमाले बन्यो !, कम्युनिस्ट भनेको के हो !” यस्तै खाले केही थान प्रश्नहरू एकैचोटी आए । बाहिर दौडिहाल्न आतुर साथीहरू हतारिदै थिए, कोही सरलाई अल्मल्याएकोमा रिसाउँदैथिए, तर सरले पुनः अगाडि स्टेजमा चढेर सबै प्रश्नहरूको सरल जवाफ दिनुभयो ।
उहीँ सर पृथिमान राई हुनुन्थ्यो र त्यो फुच्चे विद्यार्थी म थिएँ । यसरी प्रतिकृया दिने गरी चिन्नुभएको पहिलोचोटी थियो सायद मलाई । त्यो बेलादेखी दैनिक जस्तै गरि आफुलाई बुझ्न मन लाग्ने विभिन्न राजनैतिक जिज्ञासाहरू नियमित रूपमा राख्न थालेँ । त्यहिँ क्रममा उहाँले कक्षाभन्दा बाहिर पनि नेपालको वामपन्थी आन्दोलन, कम्यूनिष्टहरूले प्रयोग गर्ने वर्गियताको कुरा, श्रमजिवी–सर्वहारा, साम्यवाद, समाजवाद जस्ता शव्दहरूको बारेमा राम्ररी बुझाई दिनुहुन्थ्यो ।
उहाँ धेरै विद्यार्थीका लागि आईडल र केहीका लागि आतंक हुनुहुन्थ्यो त्यो बेलामा । सरल अनि सादा जीवन शैलीलाई प्राथमिकता दिने भएकोले उहाँले गर्ने हरेक आदर्श र नैतिकताका ब्याख्याहरू जिवन्त हुन्थे । मान्छेको मुल्यांकन उसको बाहिरी सौन्दर्य र आबरणसंग गरिनुहुन्न, उसको चेतनाको स्तर र त्यो चेतनाले समाजलाई दिने योगदानको आधारमा गरिनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो ।
संस्मरण
मैले चिनेको पृथी सर..
१. कलाकार, सामाजिक–साँस्कृतिक अभियन्ता
जतिबेला म भर्खर स्कुल जान सिक्दै थिएँ २०५१ सालको मध्यावधी निर्वाचन प्रचारको क्रममा हुनुपर्छ। हाम्रो स्कुल निरको खुल्ला चौरमा नयाँ कार्यक्रम भएको थियो । अरु त खास याद भएन तर त्यहाँ गितार र मादल बजाएर ‘।रक्तक्रान्तिको ज्वालामुखिमा‘, “हुनुपर्छ चमेली सबैलाई बरावर‘।”, “गाऊँ गाऊँबाट उठ‘“ लगायतका गीतहरू गाईएको थियो । थाहै नपाई ती गीतहरू मलाई असाध्यै मन परेको थियो त्यो बेलामा । र त्यो समुहमा शुक्र थुलुङ्ग सर, कृपाल सर अनि पृथी सर लगायत हुनुन्थ्यो भन्ने कुरा पछि उहाँलाई चिनेपछी थाहा पाएको थिएँ ।
२०५३ सालमा भिषण बाढी पहिरोको प्रकोपले धेरै तिर मान्छेहरूलाई आहत बनायो । त्यो समयमा विभिन्न सांस्कृतिक कार्यक्रम र अभियान संचालन गरेर प्रकोप पीडितहरूलाई सहयोग गरिएको थियो । त्यस क्रममा घोरेटारमा एउटा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो, सो कार्यक्रम “अटल स्मृती युवा क्लब घोरेटार” ले गरेको थियो । सो क्लबको संस्थापकहरू मध्ये एक रहनुभएको पृथी सर गायन, गीत लेखन, संगीत वाद्यवादन तथा नृत्य यी सबैमा ज्यादै कुशल क्षमता राख्नुहुन्थ्यो । यस्तै विभिन्न अवसरहरूबाट मैले उहाँलाई चिन्न शुरु गरेको थिएँ ।
“स्टेज शो”हरूमा गाईने गीतहरू प्रत्यक्ष बाद्यवादन बजाएर गाईनुपर्छ भन्ने मान्यता थियो उहाँको। त्यसले गर्दा हाम्रो मौलिकताहरूको संरक्षण तथा संगीत र वाद्य यन्त्रहरूको बारेमा समेत जानकारी राख्न सकिन्छ भन्ने उहाँको तर्क अत्यन्तै दुरदर्शी थियो । प्रविधिको व्यापक प्रयोगले हाम्रो मौलिक बाद्ययन्त्रहरू कति त हराई नै सके, जसको नाम समेत याद रहन्न अब आउने पुस्लाताई भने बाँकी रहेकाहरू पनि प्रयोग बिहिन अवस्थामा छन् । यस्तो तितो सत्यमा उभिईरहँदा पृथी सर कति धेरै सजग हुनुन्थेछ संगीत र संस्कृतिको मौलिकताको लागि भन्ने बुझ्न सकिन्छ । उहाँसंग नजिक भएर केही कार्यक्रमहरू समेत सम्पन्न गर्ने अवसर मिलेको थियो । स्थानिय स्तरका गायन, नृत्य कार्यक्रम र प्रतिष्पर्धामा उहाँको अनुपस्थिती खल्लो लाग्थ्यो । पंचायतकालिन समयदेखी नै कम्युनिस्ट बिचारलाई स्थापित गर्न लाग्नुभएको, उहाँले थुप्रैलाई यो बिचारमा र्डोयाउन सफल रहनुभएको थियो । नेपाली समाजको चरित्र वर्गीय हो, त्यसैले यसलाई निर्मुल नगरी कुनै पनि परिवर्तन संस्थागत गर्न सकिन्न भन्ने निचोड थियो उहाँको । तर पछिल्लो समय राजनैतिक पार्टीहरूमा निर्माण हुँदै गएको निम्न पुँजिबादी चिन्तन र त्यसका नेताहरूको ध्यान जनताहरूलाई बेवास्ता गर्दै भोग बिलासतिर केन्द्रित हुन लागेको निष्कर्ष सहित सकृय राजनितिदेखी अलिकती दुरीमा बस्नुभएको थियो ।
अर्कातिर उहाँमा फाईन आर्ट (पेन्टिङ्ग, स्केच, ब्यानर बनाउने) मा पनि उत्तिकै निपुण हुनुन्थ्यो । सुने अनुसार उहाँले उल्लेखित कुनै पनि विधामा कतै औपचारिक अध्ययन गर्नुभएको थिएन। तर उहाँले सृजना गर्नुभएको कला कुनै तालिमप्राप्त कलाकारको भन्दा कम देखिदैनथे । उहाँ रहुञ्जेल घोरेटार केन्द्रित जुन सुकै कार्यक्रमहरू भए पनि स्टेजमा राखिने ब्यानरहरू उहाँकै कलामा सजिएका हुन्थे। घोरेटार बजार भरिका प्राय जसो व्यावसायीहरूले उहाँकै हातबाट आफ्नो व्यावसायको बारेमा भित्ताहरूमा सुचना लेखाउँथे, जुन अद्यापी देख्न सकिन्छ ।
२. शिक्षक
गाउँमा रहेको स्कुलबाट कक्षा सात पास गरेर सगरमाथा उच्च मा.वि.मा कक्षा आठ पढ्न जान थालेपछि २०५६ सालादेखी म पृथी सरको विद्यार्थी भएको थिएँ । स्कुलको सहायक प्रधानाध्यापकको उहाँ प्रशासनिक रूपमा ज्यादै कडा हुनुहुन्थ्यो । उहाँको अगुवाईमा विद्यालयमा विभिन्न खालका विद्यार्थी केन्द्रित सृजनात्मक कार्यक्रमहरू हुने गर्दथे । उहाँमा आफ्नो बहुआयामिक कलालाई शिक्षणसँग एकाकार गरेर प्रस्तुत गर्ने अद्भुत क्षमता थियो ।
सुने अनुसार आफू एसएलसी परीक्षा दिदै गर्दा आफ्नै सहपाठीहरूलाई क्लास लिने सामथ्र्य थियो रे उहाँमा । अर्थात आफ्नै कक्षाका साथीहरूलाई पढाउनुहुन्थ्यो रे १ एसएलसी पास गर्ने बित्तिकै शिक्षणमा आबद्ध रहनुभएको उहाँ अध्यापनका लागि सबै विषयमा उतिकै दक्षता राख्नुहुन्थ्यो । अंग्रेजी, सामाजिक, गणितजस्ता सबै विषयहरू पढाउन सक्नुहुन्थ्यो विद्यार्थीहरूलाई चित्त बुझ्नेगरि । कलेजमा पढ्नका लागि एक दिन पनि पाईला नराखी स्नातकोत्तर सम्मको अध्ययन पूरा गर्नुभएको उहाँ पछिल्लो समय मा।बि। द्धितीय श्रेणिको प्रतिष्पर्धामा हुनुन्थ्यो । “छिपेजस्ता अक्षर” लेख्नुहुन्थ्यो उहाँ । ब्ल्याकबोर्डमा कोरिएका उहाँका सुन्दर अक्षरहरू मेटिँदा नि लोभिन्थ्यौँ हामी । उहाँकै जस्तो ह्याण्डराईटिङ्ग बनाउन अनेक प्रयास गर्थ्यौँ । अनुशासनमा उहाँ जतिको स्ट्रीक्ट कुनै सरहरू हुनुहुन्नथ्यो । स्कुल युनिफर्म मोडिफाई गरेर लगाउने, युनिफर्म नै नलगाउने, अनावस्यक कपाल पाल्ने र कानमा मुन्द्रा लगाउने केटाहरू, कपाल रंगिन बनाउने, क्लास बंक गरेर बजार डुलिहिँड्नेहरूका लागि उहाँ कहिल्यै जाती हुनुभएन। र उहाँको त्यहिँ गुण नै हरेक विद्यार्थीहरूले आफू सगरमाथा मा।बि। को र्भयाङ्ग चढेर माथी पुगेपछि पछडी फर्केर हेर्दा देखिने महत्वपुर्ण खुड्किलो हो ।
मेरो शिक्षणको १२ बर्षे अवधिमा पनि उहाँसँगका विभिन्न आयामहरू निर्माण भएका छन् संस्मरणका रूपमा । एउटै स्रोतकेन्द्र, त्यसमा पनि उहाँ स्रोतकेन्द्र स्कुलको प्रशिक्षक हुनुभएकोले पनि विभिन्न तालिम र शैक्षिक गोष्ठीहरूमा उहाँको नियमित उपश्थिती रहन्थ्यो। आफुले बुझेको सैद्धान्तिक विषयलाई आफ्नो जीवनशैलीमा रूपान्तर गर्न सक्नुपर्छ, अर्थात तालिममा लिईएका हरेक कुराहरूलाई आफ्नो स्कुलमा लगेर आफ्नो अनुकुलतामा प्रयोग गर्नुपर्छ हरेक सैद्धान्तिक ज्ञानलाई भन्ने कुरामा जोड दिने गर्नुहुन्थ्यो ।
पृथी सरसँगको अन्तिम भेट
२०७३ कार्तिक ९ गते। बिहान सबेरै भएकोले चिसो बढेको थियो । बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको डेन्टल डिपार्टमा छोरिको नियमित दाँत उपचारको लागि जाँदै थियौँ । भानुचोक घन्टाघर अगाडि ट्याम्पोबाट उत्रदै गर्दा पैदल हिँड्दै गर्नुभएको पृथी सरसंग अचानक भेट भयो । निक्कै समय भएको थियो उहाँसँग नभेटेको । “मर्निङ्ग वाल्क” को लागि निस्किएको कुरा गर्नुभयो । हामिलाई पनि आठ बजे भित्रमा पुग्दा हुने भएकोले केही समय बाँकी थियो, त्यसैले कतै बसेर चिया पिउदै गफ गर्ने प्रस्ताब भयो ।
धरान बजार उसै नि अबेला मात्रै ब्युँझिन्छ अझ जाडो लाग्दै गरेको समय। भर्खर सिरक फालेर बाहिर निस्किए झैँ थियो । चिया दोकान खास खुलेकै थिएनन् । घुम्दै जाँदा गणेश टाकिज अगाडिको एउटा होटल खुल्ला थियो, त्यहिँ बसेर गफिन थाल्यौँ। धेरै कुराहरू भए । उहाँको श्रीमती बिरामी भएर नियमित चेक अपका लागि घोपा झर्नुभएको रहेछ । त्यो भन्दा अगाडि उहाँ आफै पनि घरमा लडेर गम्भीर चोटग्रस्त भई निक्कै दिन घोपामा बस्नुभएको रहेछ । “यो साल त क्याम्प९घोपा० मै धेरै महिना बित्ने भो हाम्रो“ हाँस्दै भन्नुभएको थियो । केही पारिवारिक केही ब्यक्तिगत कुराकानीसँगै अबको तिहार सेरोफेरोमा घोरेटारमा एउटा राम्रो साँस्कृतिक कार्यक्रम गर्नुपर्छ, पहिलाको अटल स्मृति युवा क्लबमा आवद्ध र उपलव्ध साथीहरू संगै नयाँ साथीहरू मिलेर भन्ने आफ्नो योजना भएको कुरा गर्नुभएको थियो। “त्यसमा सबै गाउने बजाउने लाईभ गर्नुपर्छ, सकेसम्म हाम्रो मौलिक बाजाहरू प्रयोग गरेर” भन्ने उहाँको जोड थियो। अनि उहाँको मा।वि। बढुवाको कुरा नि गर्नुभएको थियो । उहाँको अनुसार परीक्षा पछि दुई जनाको प्रतिष्पर्धामाको पास हुने भन्ने अन्यौल थियो, त्यसका बारेमा मुद्दा परेकोले त्यस्तो भईरहेको र चाँडै त्यसको नि निराकरण हुन्छ होल भन्ने आशा गर्दैहुनुहुन्थ्यो । र अन्त्यमा अब सबै सल्लाह गरेर घोरेटारमा कार्यक्रमको लागि भेट्नुपर्छ भन्ने कुरा गरेर लगभग डेढ घण्टाको बसाईपछि हामी छुटेका थियौँ । उहाँहरू ११ गते नियमित चेक अप गरेर १२ गते घर फर्किने कुरा गर्दै हुनुहुन्थ्यो ।
दशैँ तिहारको लामो बिदामा नानीहरूसंग खोटाङ्गको हलेसी जाने योजना भएकोले हामी ११ गते बिहान सबेरै सपरिवार त्यसतर्फ लाग्यौँ। घुमघाम सकेर १२ गते दिउँसो फर्कँदा अबेला भएर उदयपुर कटारी मै बास बस्नुर्पयो । खाना खाएर सुत्ने तर्खरमा फेसबुक चलाउन लागेँ । एक्कासी मनोज दाइ (होम्ताङ्ग सेवा समाजका सचिब तथा संगीतकर्मीं ) को पोष्टमा आँखा पर्यो जहाँ पृथी सर चढ्नुभएको गाडीको दुःखद दुर्घट्ना र उहाँको मृत्यू भएको क्रुर समाचार थियो। निक्कै बेर पत्याउन मुस्किल भयो, एकछिन सबै स्तव्ध भयौँ । ९ गतेको भेटमा हामी स–परिवार नै थियौँ, मनु (श्रीमती) ले नि भनिन, “सायद यस्तै हुन लागेकोले अचानक भेटियौँ होला त्यो दिन।“ निक्कै तिर फोन गर्न खोज्दा नि सम्पर्क हुन सकेन त्यो बेला । भोलिपल्ट बाटोमा आउँदै गर्दा धेरै जना साथीहरूसंग सम्पर्क भयो, आखिर सत्य सत्य नै थियो ।
दशैँ तिहार र छठको लामो बिदा भएकोले घर ननिस्की उहाँको अन्त्येष्टिमा सहभागी हुन धरान मै केही दिन बस्ने सोँच बनाएँ । लगत्तै तिहार पनि आईहालेकोले कार्तिक १८ गते मात्र अन्त्येष्टि गरिने जानकारी पारिवारिक स्रोतहरूबाट सबैतिर गरियो । कार्तिक १८ गते सबेरैदेखी बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शवगृहमा सयौँ हतुवावासी र पृथी सरको शुभेच्छुकहरूको घुइँचो लागिसकेको थियो। सबै स्तब्ध, शोकाकुल अवस्थामा उहाँको बिगतलाई नचाहेरै पनि कोट्याईरहेका थिए । दिउँसो अबेला तिर शबलाई बाहिर निकालेर नेकपा एमाले भोजपुरको जिल्ला कमिटी अध्यक्ष तथा पृथी सरको कुनै बेलाको शिक्षण सहकर्मी प्रेमकुमार राईले एमालेको पार्टी झण्डा ओढाएर श्रद्धाञ्जली दिनुभए पछि उपस्थित सबैले क्रमश श्रद्धाञ्जली दिएर विशाल मानव लस्करसहित बिष्णुपादुकाको पहाडी थुम्कोमा उहाँको पार्थिव शरीरलाई सँधैको लागि दफ्नाएर फर्क्यौँ ।
र अन्त्यमा
जन्मसंगै मृत्यू निश्चित छ, तर यो अज्ञेय छ र अजेय पनि । हरेक मृत्यूलाई अस्वाभाविक ठान्छौँ हामी तर मृत्यू अवश्यभावी हुन्छ । तर मान्छेको मृत्यू पछि उसका यादहरूमा उसले गरेका कीर्तिहरूलाई राखिन्छ । पृथी सर सिर्फ एउटा व्यक्ति नभएर सिंगो विश्वविद्यालय हुनुहुन्थ्यो । समकालीन समाजले उहाँबाट धेरै कुराहरू लिन सक्नुपर्दथ्यो । तर खास त्यस्तो हुन सकेन । किनकी उहाँ अत्यन्तै स्वभिमानी हुनुहुन्थ्यो, जसले गर्दा उहाँले कैयौँ पारिवारिक अभाव र व्यवस्थापनको पाटोलाई आफैँभित्र सम्हालेर राख्नुभयो । ब्यक्तिगत स्वार्थ पूरा गर्नका लागि कुनै पनि शक्तिलाई अनावश्यक महत्व दिएर पछ्याउनु भएन । हाम्रो समाज जो चाटुककार, चोचोमोचो मिलाउन खप्पिस र स्वार्थकेन्द्रीत दाउपेचमा तल्लिन छ उसैलाई सबैले “मार्क” गर्ने चलन छ । तर उहाँमा भएको ज्ञान, सीप र क्षमतालाई हामिले पहिचान गरेर पनि त्यसलाई “एक्स्पोज” गराउन सकेनौँ । किनभने त्यस्तो गर्नुमा हामिलाई ब्यक्तिगत फाईदा थिएन ।
तसर्थ अहिलेसम्म नगरिएका र उहाँले देख्नुभएको केही कामहरू गर्न सके उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुन्छ सायद । हतुवा केन्द्रित भएर नृत्य, गायन तथा संगीत सबै बिधामा निरन्तर तालिम सञ्चालन गरि समय समयमा उहाँको चाहना अनुसार “लाईभ स्टेज शो“ गर्न सके राम्रो हुनसक्छ । त्यसै गरि उहाँ हाम्रो फरक भाषा र मौलिक संस्कृतिहरू प्रति अत्यन्तै सचेत हुनुहुन्थ्यो । त्यसका तर्फ पनि हामी सजग भएर जान सके उत्तम हुन्थ्यो सायद ।
हतुवागढी–२, लुङ्गिन भोजपुर