एनसेललाई ३९ अर्ब ६ करोड कर तिर्न सात दिनकाे म्याद, ६२ अर्ब ६३ करोड कर निर्धारण

काठमाडौं, ३ बैसाख । सरकारले एनसेल प्रालि बिक्रीमा लाग्ने पूँजीगत लाभकर निर्धारण गरेको छ । सर्बोच्च अदालतको पूर्ण पाठ आए लगत्तै सरकारले एनसेलको लाभकर निर्धारण गरेको हो ।

अदालतले तीन महिनाभित्र कर निर्धारण गरी उठाउन सरकारलाई आदेश दिएको थियो ।
ठूला करदाता कार्यालयले ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ ७१ पैसा कर निर्धारण गरेको हो । एनसेलले अहिलेसम्म २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ कर बुझाइसकेको छ । अब सात दिनभित्र ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ ७१ पैसा बुझाउनु पर्ने भएको छ ।

टेलिया सोनेराले एक्जियटालाई एनसेलको ८० प्रतिशत शेयर बिक्री गरेको थियो । त्यसको कर तिर्नै नपर्ने भन्दै एनसेलले दावी गरिरहेको थियो । त्यसपछि मुद्दा अदालतमा प्रवेश गरेको थियो । सर्बोच्चका प्रधानन्यायाधिससहित पाँच जना न्यायाधिशको बृहत्त पूर्ण इजलासले एनसेल र एक्जियटाले लाभकर तिर्नु पर्ने फैसला गरेको थियो ।

त्यही फैसलाका आधामार ठूला करदाता कार्यालयले कर निर्धारण गरेको हो । एनसेलले यसअघि २०७३ बैशाख २६ र २०७४ जेठ २ मा गरी २१ अर्ब ५४ करवड ८० लाख ५५ हजार ९ सय रुपैयाँ कर र २ अर्ब २ करोड ६२ लाख ३४ हजार ८५१ रुपैयाँ बिलम्ब शुल्क बुझाएको थियो ।
कार्यालयले मंगलबार विगतमा तिरिसकेको करलाई मिलान गरी नयाँ कर निर्धारण गरेको हो । कर निर्धारणको पत्र एनसेल प्रालिले बुझिसकेको ठूला करदाता कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार