भोजपुर । जिल्लाको पश्चिमी टेम्केमैयुङ गाउँपालिका–१, तिम्मास्थित वडा कार्यालयमा गएराती अज्ञात समुहले तोडफोड तथा आगजनी गरेको छ । वडा कार्यालयको ताला फोडेर सो समुहले कार्यालयमा रहेको महत्वपूर्ण कागजात लगायत कार्यालयका सामानहरुमा तोडफोड र आगजनी गरेको हो ।
अज्ञात समुहले वडाध्यक्ष र वडा सचिवको कार्यकक्षको ताल्चा फोरेर सामानहरु तोडफोड गर्नुका साथै कम्प्यूटर, टेबुल, कुर्सी, प्रिन्टर, ईन्टरनेटका सामाग्री, महत्वपूर्ण कागजातहरु जलाएको ईन्सेपेक्टर पाण्डव राजवंशीले बताए । सोहि वडाको परिसरभित्रै बम जस्तो देखिने शंकास्पद बस्तु भने निष्क्रिय गरिएको प्रहरीले जनाएको छ । समुहले कार्यालयमा रहेको १ थान ल्यापटप पनि साथमा लिएर गएको बताईएको छ ।
घटनापछि उक्त स्थानमा सुरक्षा स्थिती कडा पारिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए । उक्त घटनास्थलमा बुधबार विहानबाटै नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीलाई खटाईएको छ ।
याे पनि पढाै…