उपेन्द्र सुब्बाको लण्डनमा कविता बाचन

  सिलिचुङ समाचारदाता

लण्डन । नेपाली साहित्यमा फरक विधाको प्रतिनिधित्व गर्ने कवि तथा लेखक उपेन्द्र सुब्बाको एकल कविता बाचन लण्डनमा हुने भएको छ । यही १६ तारिखमा लण्डनको हेरो बरो फुटबल क्लवको हलमा सुब्बाको एकल कविता बाचन हुने भएको हो ।
सिलिचुङ साप्ताहिक र सिलिचुङ डटकमको आयोजनामा हुन लागेको कविता बाचन कार्यक्रममा सुब्बाले उनका चर्चित कविताहरु बाचन गर्ने छन । सिर्जनसिल अराजकको रुपमा पहिचान बनाउदै नेपाली साहित्य क्षेत्रमा प्रबेश गरेका सुब्बाको दर्जनौ कविताहरु चर्चित छन ।
लाटो पहाड कथा संग्रहबाट आख्यान विधामा समेत कलम चलाउदै आएका सुब्बा नेपाली फिल्मका राम्रो कथा र स्क्रीप्ट राइटरभित्र पर्छन । उनका लाटो पहाड कथा संग्रह चर्चाको शिखरमा रहेका छन । लाटो पहाडबाट सुब्बाले धेरै स्थापित पुरस्कारबाट पुरस्कृत पनि भइसकेका छन ।
पछिल्लो नेपाली फिल्म कवडीमा झांक्री बा को पात्रमा अभिनय शुरु गरेका सुब्बालाई झाँक्री बा को नामले समेत सबैले चिन्छन । बेलुकी चार बजेदेखि शुरु हुने कार्यक्रममा सुब्बाका राम्रो र सबैले रुचाएका कविताहरु वाचन हुने कार्यक्रमका संयोजक नरेश काङमाङले बताए । सुब्बाको कविता बाचन कार्यक्रमका लागि आवश्यक तयारी भइरहेको संयोजक काङमाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार