चन्द्रमामा मानिसले पाइला राखेको ५० वर्ष पुरा हुँदैछ। सन् १९६९ जुलाई २० का दिन अमेरीकी अन्तरिक्षयात्री निल आर्मस्ट्रङले चन्द्रमामा पाइला राखेका थिए। उनी चन्द्रमामा पाइला राख्ने पहिलो मानव हुन्। निल अमेरिकी अन्तरिक्ष संस्था नासाका सबैभन्दा दक्ष अन्तरिक्षयात्रीमध्येका एक थिए। त्यो दिन २० जुलाईमा जब निलको अन्तरिक्षयान चन्द्रमाको सतहतर्फ बढिरहेको थियो, तब मिसनसँग जोडिएका हजारौं मानिसका धड्कन बढिरहेका थिए। उक्त मिशनको सफलता निलको कौशल र अवस्थालाई सम्हाल्न सक्ने क्षमतामा निर्भर थियो।
निलको यान अगाडि चन्द्रमाको सतहमा खाल्डाखुल्डी जस्तो थियो। अलार्म बजिरहेको थियो, यानमा इन्धन पनि कम थियो। तर निलले सहजपूर्वक आफ्नो यानलाई चन्द्रमामा अवतरण गराए। यो मानवताका लागि निकै ठूलो छलाङ्ग थियो। सबैलाई तनावमा पारेको उक्त दिनको सफलतालाई निलले भने विभिन्न अन्तरवार्ता र कुराकानीमा त्यो क्षणलाई सामान्य तनावले भरिएको पल थियो भनेका थिए। उनले सधैँ एपोलो ११ मिशनको सफलताको श्रेय ती हजारौं मानिसलाई दिए, जो यस मिशनसँग जोडिएका थिए। चन्द्रमामा जाने अन्तरिक्षयात्रीदेखि मिशन कन्ट्रोलर, ठेकेदार, क्याटेरर, इन्जिनियर, वैज्ञानिक, नर्सहरु, डाक्टर, गणितिज्ञ र प्रोगामरसम्मका लागि एपोलो मिशनमा करिब ४ लाख मानिस जोडिएका नासाले अनुमान गरेको थियो। निल आर्मस्ट्रङका अलावा बज एल्ड्रिन पनि चन्द्रमामा पुग्ने लुनर ल्यान्डर दुई मानिसलाई लिएर गएको थियो।
निल आर्मस्ट्रङका अलावा बज एल्ड्रिन पनि त्यसपछि चन्द्रमामा उत्रिए। नासाको मुख्यालयमा मिशन कन्ट्रोलरले भरिएको एउटा हल थियो। मिशनका क्रममा २०-३० जना मानिसको टोली प्रत्येक पल सक्रिय रहन्थ्यो। यसका अलावा नासाका ह्यूस्टनस्थित मुख्यालयमा बोसटनको म्यासाचुसेट्स इन्स्टिसच्युट अफ टेक्नोलोजीका सल्लाहाकारको पुरै ‘फौज’ मिशन कन्ट्रोलरलाई सल्लाह दिइरहन्थ्यो। नासाको मिशन कन्ट्रोलरलाई पुरै विश्वका ग्राउन्ड स्टेशनदेखि सम्पर्कमा राखिरहनु पर्ने थियो। यसका अलावा लूनर ल्यान्डर बनाउने कम्पनी ग्रमन कर्पोरेशन र उसका सबै ठेकेदार पनि एपालो इलेभेन मिशनसँग जोडिएका थिए। ती सबै विशषज्ञका अलावा म्यानेजरदेखि कफी विक्रेतासम्मका मानिसले सहयोग गरिरहेका थिए। अझ भनौँ, त्यो काममा हजारौं मानिस लागेका थिए। यस्तोमा एपोलो मिशनसँग ४ लाख मानिस जोडिनु पनि सामान्य कुरा थियो। अर्थात् ती चार लाख मानिस मिलेर मात्र एकजना मानिसको गतिविधि नियन्त्रण र संचालन गरिरहेका थिए, जसको नाम थियो निल आर्मस्ट्रङ। एपोलो मिशनका अन्तरिक्षयात्रीको औषत उमेर! निल आर्मस्ट्रङलाई चन्द्रमामा अवतरण गर्न खासरुपमा चुनिएको थिएन। वास्तवमा उनी यस्तै मिशनमा जान चुनिएका दोस्रो टोलीका सदस्य थिए। यदि एपोलो इलेभेन चन्द्रमामा अवतरण गर्न असफल हुन्थ्यो भने एपोलो ट्वेल्भका कमान्डर पिट कोनराड, चन्द्रमामा कदम राख्ने पहिलो मासिन बन्थे।
एपोलो मिशनका सबै अन्तरिक्षयात्री उमेर, धर्म र क्षमताको मामिलामा उस्तै जस्ता थिए। एपोलो म्यूजियमका संरक्षक टिन्जेल म्युर हार्मोनी भन्छन्, ‘ती मानिस कस्ता थिए? आज यो स्मरण गर्न आवश्यक छ, रोचक कुरा त के थियो भने एपोलो मिशनका सबै अन्तरिक्षयात्री सन् १९३० मा जन्मिएका थिए। ती सबै सैन्य तालिम प्राप्त, पाइलट थिए र सबै गोरा ईसाई थिए।’ निल आर्मस्ट्राङ्ग, टम स्ट्याफोर्ड र जिनी सर्ननको उमेर समान ३८ वर्षको थियो। सबैभन्दा युवा अन्तरिक्षयात्री थिए ३६ वर्षमा चन्द्रमामा चहलपहल गर्ने चार्ली ड्युक। यस्तै १९७१ मा एपोलो मिशनमा संलग्न चन्द्रमामा जाने एलन शेफर्ड सबैभन्दा जेठा थिए। जसको उमेर त्यस समय ४७ वर्ष थियो।
जोन ग्लेन पृत्थीको कक्षको चक्कर लगाउने पहिलो अमेरिकी अन्तरिक्षयात्री थिए उनी ७७ वर्षको उमेरमा स्पेटश शटल डिस्कभरीदेखी १९९८ मा अन्तरिक्षमा जाने सबैभन्दा जेष्ठ नागरिक थिए। एपोलोको समग्र इलेभेन मिशन एपालोको समग्र इलेभेन मिशनमा ३३ जना एस्ट्रोनट अन्तरिक्षमा गएका थिए। तिनमा २७ जना चन्द्रमासम्म पुगे। २४ जनाले चन्द्रमालाई चक्कर लगाए। तर १२ जना अन्तरिक्षयात्रीलाई मात्रै चन्द्रमाको सतहमा कदम राख्ने मौका मिल्यो। ती १२ जना मानवताका प्रतिनिधिका रुपमा चन्द्रमामा गए। तिनकासामू आफ्नो खुबीलाई विश्वसामू चिनाउने चुनौती थियो।
चन्द्रमा चुम्ने प्रयास सन् १९६८ अक्टूबरमा जब एपोलो सेभेन मिशन आफ्नो यात्रामा निस्कीयो। त्यसअघि ८ जना मानिसको ज्यान प्रयोगकै क्रममा गएको थियो। यसको पहिलो शिकार बनेका थिए थियोडोर फ्रिम्यान। यस्तैगरी १९६६ फेब्रुअरी २८ मा जेमिनी नाईनका पायलट सी र चाल्र्स ब्यासेट आफ्नो ट्रेनिङ्ग यान अवतरण गराउने प्रयास गरिरहको थिए तब एक मोडको अनुमान लगाउन गल्ती हुँदा ज्यान गुमाउनुपरेको थियो। उनीहरु आफ्नै अन्तरिक्षयान बनाइरहेको भवनमा ठोक्किन पुगेका थिए। त्यस दुर्घटनाका कारण टम स्टेफोर्ड र जीनि सर्ननलाई जेमिनी मिशनको महत्वपूर्ण अन्तरिक्षयात्रीका रुपमा संलग्न गराइएको थियो। अन्त्यमा जिनी एपोलो सेभेन्टिनमार्फत चन्द्रमामा जाने अहिलेसम्मका अन्तिम मानव बने। सन् १९७८ मा नासाको योजना पहिलो एपोलो मिसनलाई पठाउने थियो। तर यसको अन्तरिक्षयान धेरै समस्याको शिकार भयो। सन् १९६७ जनवरी २७ मा पहिलो एपोलो मिशनका कमान्डर ग्रिसम, एड व्हाइट र रोजर स्याफी आफ्नो अन्तरिक्षयानमा थिए।
उनीहरुको मुख बन्द गरियो र त्यसमा अक्सिन पनि भर्ने काम भयो। त्यसक्रममा अन्तरिक्षयात्रीहरुलाई मिसन कन्ट्रोलरसँग कुरा गर्न पनि समस्या भइरहेको थियो। केही समयमै त्यसमा आगो लाग्यो र हेर्दाहेर्दै तीनैजनाको मृत्यु भयो। त्यही बर्ष अर्का एक अन्तरिक्षयात्री क्लिफ्टन विलियम्सको पनि अर्को दुर्घटनामा मृत्यु। उनका साथी एडवर्ड गिवेन्सको मृत्यु सडक दुर्घटनामा भएको थियो। ती आठै अन्तरिक्षयात्रीहरु र ६ जना सोभियत अन्तरिक्षयात्रीहरुको स्मरणमा एपोलो फिप्टिनले चन्द्रमामा एउटा स्मारिका स्थापित गरेको थियो। उक्त दुर्घटनापछि नासाले एपोलो मिशनमा नयाँ शिराबाट काम गर्न सुरु गर्यो। अर्थात ती तीन अन्तरिक्षयात्रीहरुको बलिदानी खेर जान पाएन। एपोलो इलेभेन मिशनमा सामेल महिला के सबै पुरुषमात्र संलग्न थिए त यो मिशनमा ? एपोलो मिसनको बारेमा जहिले कुरा हुन्छ महिलाको चर्चा हुन्छ।
किन महिला अन्तरिक्षयात्री, कन्ट्रोलर भएनन्। मिशनको सबै अन्तरिक्षयात्री, मिशन कन्ट्रोलर अनि टिभी एंकर पनि पुरुष थिए। महिला भनिएकामा टेलिभिजनमा देखा परेका अन्तरिक्षयात्रीहरुका पत्नीहरु मात्र थिए। जसलाई यस मिशनमा सामेल थिए भनिएको छ। यद्यपि यस मिशनसँग प्रत्यक्षरुपमा हजारौं महिला नजोडिएका होइनन्। मिशन सफल बनाउन उनीहरुको ठूलो भूमिका थियो, तिनमा नर्सहरु र गणितिज्ञ महिला थिए। मिशन प्रोग्रामरदेखि लिएर अन्तरिक्षयात्रीको स्पेस सूट सिलाउने पनि महिला नै थिए। जसको काम २१ वटा च्यानलले जस्ताको तस्तै देखाएका थिए।