भारतीय कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धी हिरासतमा

उत्तर प्रदेशको सोनभद्र जिल्लामा १० जनाको ज्यान जानेगरी भएको जग्गा सम्बन्धी विवादबारे जानकारी लिन तथा घाइतेहरुलाई भेट्न त्यसतर्फ जाने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटनास्थल तर्फ हिँडेकी गान्धीलाई मिर्जापुरमा रोक लगाइएको थियो । त्यसपछि उनी रोकिएकै स्थलमा धर्नामा बसेकी थिइन् । सोही कारण उनलाई हिरासतमा लिइएको जनाइएको छ ।

१० जनाको ज्यान जानेगरी भएको जग्गासम्बन्धी विवादका कारण सोनभद्र जिल्लाको अवस्था आतंकित रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

तर, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भने विवादका लागि यसअघिको कांग्रेस सरकारलाई दोष दिएका छन् । मुख्यमन्त्री आदित्यनाथले कांग्रेसको शासन कालमा वनवासीको जमिन एक सोसाइटीको नाममा दर्ता गरिएको बताए ।

मुख्यमन्त्री योगीले घटनाको छानबिनका लागि तीन सदस्यीय छनाबिन समिति गठन गरिएको र तीन दिनभित्रै प्रतिवेदन आउने बताएका छन् । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार