देख्यो कि ‘प्वाक्क मुखाँ हान्नुजस्तो..शिवहरि पौडेल

शिवहरि पौडेल नेपाली कला क्षेत्रका स्थापित कलाकार हुन् । हास्यव्यंग्यमा उनले आफ्नो बेग्लै परिचय बनाएका छन् । नेपाल राष्ट्र बैंकमा जागिर खाँदा खाँदै कलाकारितामा हाम फालेका शिवहरि अहिले पनि उत्तिकै सक्रिय छन् । कलाकारितामा ३२ बर्ष पार गरिसक्दा पनि उनी थाकेका छैनन् । बरु अझै उत्साहसाथ अघि बढिरहेका छन् ।

सयभन्दा बढी टेलिसिरियल र करिब ६० वटा ठूलो पर्दाको फिल्ममा अभिनय गरिसकेका शिवहरिलाई ‘जिरे खुर्सानी, चेतना, देवी, ब्रेक फेलजस्ता टेलिसिरियलले स्थापित गरेको हो । ‘मुखाँ हान्नुजस्तो’, ‘कुरो बुझ्नु भो’जस्ता थेगोबाट उनी चिनिए । यद्यपि, उनलाई चिनाउन कतिपय चलचित्रको पनि उत्तिकै योगदान छ ।

कलाकारिता यात्रा र अनुभवबारे शिलापत्रकर्मी पवन बराइलीले राखेको जिज्ञासामा शिवहरिले यस्तो जवाफ दिए ः
….

म सानैदेखि कलाकार बन्न चाहन्थें । राजनीतिक नेताहरुको नक्कल गर्थें स्कुल पढ्दा । स्कुलमा नाटक लेख्थें अनि अभियन गर्थें । त्यही लतले कलाकारिता छाड्न मन लागेन । १ वैशाख २०४४ सालदेखि कलाकारितमा लागेको हुँ । अझै पनि सक्रिय छु ।

त्यो बेला ‘आरोहण शनिबार समूह’ले स्टेजमा नाटक देखाउँथ्यो । त्यो सुनिल पोखरेल दाइले चलाउनुभएको थियो । सबै विदेशी नाटक हुन्थ्यो ।

चीन र फ्रान्सका नाटक मञ्चन हुन्थे । स्वदेशी हुँदैन थियो । पुराना विदेशी निर्देशकले निर्देशन गरेको नाटक नेपाली ट्रास्लेट गरेर नेपालीमा देखाइन्थ्यो । जुन देशको कथा छ, त्यही देशका राजदूतलाई बोलाइन्थ्यो, हेर्न । नेपाली भाषामा अभिनय गथ्र्यौं । विदेशी किताबका नाटक हुन्थ्यो ।

नेपालमा ट्रान्सलेट गर्थें । आरोहण शनिबार सुनिल पोखरेलले चलाउनुभएको थियो । सरोज खनाल, सूर्यमाला शर्मा, राजेन्द्र सलव, निशा शर्मा, सुनिल पोखरेल दाइ र मलगायत नाटक देखाउँथ्यौं । त्यो बेला पैसा पाउनु त परको कुरा भयो, पैसा पनि सिद्धिन्थ्यो ।

नाटकमा मुख्य भूमिका म र निशा शर्माको हुन्थ्यो । सरोज खनाल र सूर्यमाला शर्मालगायत हामीले चार वर्ष स्टेजमा नाटक गर्यौं । त्यसबेला सुनिल पोखरेलले विभिन्न ठाउँमा नाटक देखाउने प्रबन्ध मिलाउनुहुन्थ्यो । देशका विभिन्न ठाउँमा नाटक देखाउन जान्थ्यौं ।

४४ देखि ५० सालसम्म स्टेजमा खेलियो । साताका दुईवटा नाटक देखाइन्थ्यो । मान्छे बोलाएर नाटक देखाइन्थ्यो । दर्शकका रुपमा विदेशी राजदूत, पाहुनाहरु र पत्रकारहरु पनि हुन्थे । त्यो बेला फिल्म कल्चर सेन्टर बागबजारमा देखाइन्थ्यो । विभिन्न देशका नाटक स्टेजमै अनुवाद गरेर देखाइन्थ्यो । मैले अभियन गरेको ७र८ वर्षसम्म एकसुको पैसा पाइनँ ।

नेपाल राष्ट्र बैंकमा जागिर थिएँ । बंैकको जागिर बचाएर अभिनय गर्नुपथ्र्यो ।

२०४९ सालमा ठूलो पर्दाको फिल्म ‘दुस्मन’ मा अभिनय गर्ने मौका पाएँ । बन्द्र अधिकारीले दुस्मनको निर्देशन गरेका थिए । यसैबाट मेरो डेब्यु भएको हो । मेरो पहिलो दिनको क्यामेरा फेसिङको अनुभव निकै रोचक छ । बसुन्धारा भुसालको बुबाको भूमिकामा थिएँ । मेरी श्रीमतीको भूमिकामा नौली केटी थिइन् ।

उनी र मलाई मजाले सुहाएको थियो । लय संग्रौला दाइले अभिनय गर्नू भन्नुभयो । ‘भीडदेखि भीडसम्म’ टेलिसिरियलमा पनि म सरोज खनालको बुबाको भूमिकामा देखिएँ । त्यहाँदेखि टेलिसिरियल दोहोर्याएर प्रदर्शन भयो ।

बाहिर अभ्यास गर्दा निकै राम्रो हुने तर टेक लिने बेला पसिना आउँथ्यो । बोल्नै नसक्ने । सबै मान्छे झुमिन्थे, लाज पनि लाग्थ्यो । अब यस्तै हो भने मलाई खेलाउँदैनन् जस्तो पनि लाग्थ्यो ।

संवादको यसरी भन्छु भनेर सोच्थें तर भन्नै डर लाग्थ्यो । सुरुमा एक्लै बस्दा यसरी भन्छु भनेर सोच्थें । स्पोर्टमा पुगेपछि थुप्रै मान्छे हुन्थे, बिग्रिहाल्थ्यो । ४र५ टेकसम्म लिनुपरेको थियो । निर्देशकले डायलग ठीक छ, एक्सप्रेसन पुगेन भने । यसपछि अभियन गर्न नपाइने हो कि भनेर पीर लागेको थियो । सुरुमा नर्मस भएँ ।

त्यो बेला जुन सुकै भूमिकामा पनि अभिनय गर्नुपथ्र्यो । नत्र अभिनय गर्न नपाउने खतरा हुन्थ्यो । अहिले जस्तो नाटक र फिल्म बन्दैनथे । बल्ल बल्ल पाएको रोल जस्तो दिन्छन्, त्यस्तै स्विकार्नु बुद्धिमानी हुन्थ्यो । अहिले जस्तो रोजेर खेल्न पाइँदैनथ्यो । कुनै रोल पाउनु नै ठूलो कुरा हुन्थ्यो । स्क्रिनमा देखिएपछि ठूलो मान्छे हुन्थ्यो । ‘सिन्दुर’, ‘कान्छी’, ‘सन्तान’लगातयका फिल्म भर्खर बनेका थिए ।

बाजेको रोल छ भनेर भन्नुभएको थियो । बन्द्री अधिकारी दाइ नजिकको मान्छे हुनुहुन्थ्यो । आवतजावत बढी हुन्थ्यो । केकी अधिकारी त्यो बेला भर्खर जन्मिएकी थिइन् ।

दाइको प्रेरणाबाट उत्साहित हुँदै हामीले विराटनगर गएर सुटिङ गरेका थियौं । बन्द्री अधिकारीले निर्देशन गर्नुभएको थियो ‘दुस्मन’ । यो चलचित्र एक अर्काको इगोको कथामा निर्माण भएको थियो । र, एकअर्काले बदला लिने विषयवस्तु समेटेर बनाइएको थियो ।

हलमा आउँदा सबै सिन काटिएर पनि आउँथ्यो, हामी जस्ताको । कहिलेकाहीँ यो फिल्ड छोडिदिन्छु भन्ने लाग्थ्यो । पछि बीचमा फिल्म खेल्न थालें । टेली फिल्मतिर लागें । ‘देवी’ भन्ने टेलिफिल्म खेलेपछि अत्यधिक चर्चामा आएँ । बाटोमा हिँड्न नमिल्ने भयो । तीन वर्षभित्रमा ३९ वटा ठूलो पर्दाका फिल्ममा अभिनय गरें । त्यसपछि कलाकारितामा स्थापित नै भएँ ।

बिर्कोमा राखेको चिनीमा कसरी पस्यो कमिला भन्ने थोगो चर्चित भयो । यो मेरो क्रिएसन हो । अहिले खुसी लाग्यो । जिरो खुर्सानीको मुखा हान्नु जस्तो थोगोबाट चर्चामा आएँ । म कतै निस्किएँ कि भगवान् आए जस्तो गर्थे । त्यसपछि हास्य कलाकारको भूमिकामा खेलाउन निर्माताहरु तँछाडमछाड गर्थे ।

मेरो स्टेजको गुरु सुनिल पोखरेल र पर्दाको गुरु मामेन्ट चलचित्रका निर्देशक लय संग्रौला हुन् । मैले नाटकमा सानो कुरा गर्दा पनि घत लागेर हाँस्थे । स्टेजमा अभिनय गर्दा गर्दै स्क्रिनमा अभियन गर्न मन लाग्यो । शिलापत्रबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार