एनआरएन बेलायतको चुनावी सरगर्मी र बहस

लण्डन । गैरआवसीय नेपाली संघ एनआरएन बेलायतको आगमी नयाँ नेतृत्व लागि सेप्टेम्बर १४ मा अधिवेशन सम्पन्न हुदैछ । बेलायतमा बसोबास गर्ने करिव दुई लाख जनसंख्या रहेको नेपाली समुदायहरुको साझा संस्था गैरआवसीय नेपाली संघ एनआरएनको निर्वाचनले नेपाली समुदायको ध्यान केन्द्रीत गरेको छ ।

करिव दुई दशक अघि स्थापना भएको गैरआवसीय नेपाली संघ (एनआरएन) मा आगमी नेतृत्व हत्याउनका लागि विभिन्न समुह लागि परेका छन भने आगमी नेतृत्व कस्तो आउँछ ? भन्ने आम नेपाली समुदायमा चासोको बिषय बनेको छ । विदेशमा बस्ने सबै नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित गराउन आगमी नेतृत्वले ध्यान दिनुपर्ने सामाजिक अभियान्त लगायत नेपाली समुदायहरुको जोड छ । नेपालीपनाको झल्को र नेपाली समुदायको हितलाई महत्व दिनुपर्ने धारणा व्यक्त गरेका छन् । गैरआवसीय नेपालीहरुको हितमा लामो समयदेखि काम गर्दै आएका कृष्ण तिम्ल्सिनाले गैरआवसीय नेपाली संघ सबै नेपालीहरुको संगठन बन्नुपर्नेमा जोड दिएका छन । बेलायतमा बस्ने सबै नेपालीहरुलाई एनआरएनको छातामा ल्याउनपर्ने उनको भनाई छ । हामीहरुको धेरै समस्या छन । त्यस्ता यथेष्ट समस्याहरुलाई समाधान गर्नुका लागि एउटै छातामा आउन हामी सबैको आवश्यकता र हितमा देखिन्छ तिम्ल्सिनाले भने –‘त्यसका लागि संस्थामा बस्ने नेतृत्वले मुख्य ध्यान दिनुपर्छ । यसलाई साझा संस्थाको रुपमा विकास गराउनुपर्छ ।’

सबैप्रति मेरो अपनत्व, नागरिकता सम्बन्धी, गोर्खाको समस्या र नेपाली भाषा संस्कार नेपालीपनाको विकास गर्ने खालको कार्यक्रमलाई प्राथमिकता राख्नका लागि आगमी नेतृत्वको ध्यान जानुपर्ने अधिकांशको अपेक्षा छ । नेपाली समुदायको बेलायतमा सघन बसोबास बढदै गएपछि गैरआवसीय नेपाली संघको आकर्षण बढदै गएको छ । ४ वटा राज्य परिषद शाखा रहेको गैरआवसीय संघ बेलायतको यसपटक १३ हजार ८ सय ९० सदस्यहरु छन । संघको सदस्यहरुले आगमी दुई बर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।
प्यानल बनाएर चुनावमा जान नपाउने भएपनि घोषित रुपमा आ–आफ्नो पक्षका गुट प्यानल बनाएर गुट बन्दी सुरु भइसकेको अबस्था छ । गैर आवसीय नेपाली संघ बेलायतको अध्यक्षका २ जना अध्यक्षको प्रत्यासी छन । उनीहरुले आ–आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन । अध्यक्षका प्रत्यासीहरुमा पुनम गुरुङ र शेरबहादुर सुनार छन् ।

अध्यक्षका प्रत्यासीहरुले आफ्नो उम्मेदवारीलाई अब्बल बनाउदैँ आ–आफ्नो पक्षमा मत सिर्जना गर्न मुद्दा तथा घोषणापत्र सार्वजानिक गरेका छन । उनीहरुले संस्थाको हकहितलाई अगाडि लिदै नेतृत्वमा बाजी मारेर आगमी दुइ बर्षे आफ्नो कार्यकालमा साँगठानिक, सस्थागत र सामुहिक नेतृत्वको लागि आफुलाई अरु भन्दा सक्षम देखाउन पनि होडबाजी नै चलेको छ । उनीहरुले नागरिकता निरन्तरता जस्ता महत्वकांक्षी योजनाहरु समेत सार्वजानिक गरेका छन ।

त्यति मात्र होइन आफ्नो मातृभूमी भुमि प्रतिको दायित्वलाइै ध्यानमा राख्दै कसरी मुलुकको हितमा काम गर्न सकिन्छ र मुलुक मा धेरै भन्दा धेरै लगानी भित्राएर देश बिकासमा टेवा पु¥याउन सकिन्छ भनेर आ–आफ्नो एजेन्डा नै तयार पारेर अहिले प्रत्यासीहरु लागि परेका छन् ।

ठोस काम अभाव
झण्डै दुई दशक गैरआवसीय संघ वेलायत स्थापना भएको वितिसकेको छ । यति लामो समय वितिसक्दा धेरै नेतृत्वहरु फेरिए । धेरै नेतृत्वहरु फेरिएपनि संगठनलाई माथि उठाउने ठोस काम अझै पनि हुन सकेको छैन । बर्तमान अध्यक्ष योगकुमार फगामीले एनआरएनको सदस्य १० हजार माथि उठाउने भनेर निर्वाचनताका गरेको घोषणालाई परिपुर्ति यसपटक गरेको देखिएपनि त्यसको गुणात्मक नतिजा भने दिन सकेको छैन । दुई लाख हाराहारीको संख्यामा रहेको नेपालीहरुलाई गैरआवसीय संघको एउटै छातामा ल्याउने काम, पहल भने कसैले गर्न सकेको छैन । यसमा परम्परागत सोच र नेतृत्वमा सिण्डिकेट, चेतना स्तरमा अझै अभिबृद्धि भएको छैन । बेलायतमा यस्तो स्वार्थसिद्ध समुह छन । जसले युवा र नयाँ पुस्तालाई नेतृत्वमा आउन त परैको कुरा संस्थामा समाहित गर्न चाहदैन । जसको कारण युवा र नयाँ पिढीहरु पनि आउन चाहदैन । यदी आइहालेपनि पुरानाहरुले ल्याउन चाहदैन । उनीहरुलाई रोक्ने विभिन्न हतकण्डा अपनाइछ ।

गैरआवसीय वहस
सबै विदेशमा बस्ने नेपालीहरु गैरआवसीय हो या होइनन भन्ने बहस पनि यत्तिबेला पेचिलो बनेको छ । बेलायतमा नेपाली समुदायभित्र गोर्खा सैनिक र तीनका परिवारहरुले ठुलो हिस्सा ओगटेको छ । उनीहरुले आफुलाई गैरआवसीय भन्न रुचाउदैनन । गोर्खा र तीनका परिवारहरुले नेपाली नागरिक रहेर आवसीय भिषामा बेलायत बसिरहेको छ । जो भोली नेपालमै जान चाहन्छ । यस्ता गोर्खा सैनिक परिवार छन उनीहरुले बेलायती रातो पासपोर्ट समेत लिइसकेको छ । यसले नेपाली समुदायलाई अन्यौलमा पारिरहेको छ ।

नेपाल सरकारको गैरआवसीय नेपाली ऐन २०६४ सम्बन्धी ऐनमा भने “गैर आवासीय नेपाली” भन्नाले नेपाली मूलको विदेशी नागरिक सम्झनु पर्छ र सो शब्दले विदेशमा बस्ने नेपाली नागरिक समेतलाई जनाउँछ भन्ने स्पष्ट किटान गरेको छ ।

“नेपाली मूलको विदेशी नागरिक” भन्नाले कुनै व्यक्ति साविकमा स्वयम् वा निजको बाबु, आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य मुलुक बाहेक अन्य मुलुकको नागरिकता लिएको व्यक्ति सम्झनु पर्छ भनेर ऐनमा व्यवस्था गरेको छ । त्यसैले सबै बेलायतमा बस्ने सबै नेपालीहरु गैरआवसीय नभएको सामाजिक अभियान्त नरेश काङमाङ बताउँछन ।
‘बेलायतमा धेरै गोर्खा समुदाय छन । जो बेलायती सेना भएका र उनका परिवार । बेलायतले गोर्खा भर्ती गर्ने क्रममा नेपाल सरकारसंगको सम्झौतामा नै नेपाली भएर जाने छन र नेपाली भएर फर्कने छ भने स्पष्ट उल्लेख गरिसकेको अवस्था छ । त्यसैले बेलायतमा बस्ने सबै नेपाली समुदाय गैरआवसीय नेपाली होइन’ काङमाङले भने ‘विदेशी नागरिक लिएको अवस्थामा मात्रै गैरआवसीय हुन्छन । नेपाली नागरिकताको आधारमा अन्य हिसावमा बिदेशमा बस्ने सबै नेपाली गैरआवसीय नभई विदेशमा बस्ने नेपाली नागरिक हो ।’
तर गैरआवसीय संघले भने विदेशमा बस्ने सवैलाई एउटै छातामा ल्याउनका लागि गैरआवसीय सदस्य हुन योग्य ठान्दै आएको छ । गैरआवसीय संघमा धेरैको सहभागीता हुनुपर्ने भएपनि धेरै यसको छाताभित्र आउन सकेको छैन ।

धेरै छुटे
नेपाली मुलका छाता संगठनको रुपमा गैरआवसीय संघ भएपनि धेरै नेपाली समुदायहरु यसको छाताभित्र रहेका छैन । बेलायतमा दुई लाखको हाराहारीमा नेपालीहरुको जनसंख्या रहेपनि १४ हजारको हाराहारीमा सदस्यहरु छन । समुदायगत उपस्थिती हेर्दा नेपाली समुदायको बसोवासको रुपमा हेर्दा ज्यादै कम संख्या हुन । बेलायतमा समुदायगत रुपमा उपस्थिती ठुलो हिस्सा भएपनि गैरआवसीय संघमा भने कम सहभागिता देखिएको छ । यस्तो हुनुमा धेरै गोरखा समुदायहरुले आफुलाई गैरआवसीय मान्दैन । अर्को गैरआवसीय संघ नेतृत्वले संस्थाप्रति आर्कषण गर्न नसक्नु हो ।

जो आएपनि कानै चिरेको
गैरआवसीय नेपाली संघ बेलायतको निर्वाचन नजिकिदै जाँदा निर्वाचनको बहस गर्माएको बेला आगमी नेतृत्वमा को ठीक भन्दा पनि नेतृत्वमा जो आएपनि उस्तै रहेको अधिकांशको ठम्माई छ । नेतृत्व क्षमता, कार्यशैली र समग्र नेपाली समुदायको अवस्थालाई विश्लेषण गर्दा नेपाली उखान ‘जो आएपनि कानै चिरेको’ जस्तो रहने बौद्धिक जमातको बुझाई छ । चुनावको बेला अधिकांश उम्मेदवारहरूले बहुमहत्वकांक्षी प्रतिवद्वता गरेपनि कसैले पूरा गरेका छैन । अधिकांश प्रतिवद्वताहरू चुनावमा नै सीमित हुने गरेका छन । उम्मेदवारहरूले गरेको प्रतिवद्वता नेतृत्वमा पुगेपनि गर्न सक्ने ल्याकत कसैमा नभएको समाजसेवी ज्ञानबहादुर राई बताउँछन । अहिले पनि पुरानै समस्याले नछोडने उनको भनाई छ । हिजो जस्तो थियो भोलिका दिनमा पनि त्यसरी नै चल्ने छ । उनले भने सानो झुण्डमा रमाउने हामी नेपालीको समस्या छ । हामी सामुहिक काम गर्नु पर्छ भन्ने र ठुलो सोचका साथ अगाडि बढनुपर्छ भन्ने क्षमता कसैमा छैन ।
सानो कुरामा सुधार गर्नु पर्छ भन्ने सुझावसमेत हामी मनन गर्न नसक्ने हामी नेपाली समुदायको छ । त्यसैले हाम्रो संस्थागत चरित्र नै छैन । सामजसेवी अम्बर गुरूङ बताउँछन । बेलायतमा बस्ने धेरै नेपालीहरू आफुलाई बुज्रक ठान्छौ । त्यही चेतनाले हामी माथि सकेको छैन गुरूङले भने ।
नेपाली समुदायमा आलोचनात्मक चेतना नभएको नेपाली चिन्तक शुक्र तामाङ बताउँछन । आलोचनाले हामीलाई सुधार गर्ने हो तर हामी सुन्दैनौ । नेपालीको चेतना आत्माप्रशंसा केन्द्रीत मात्रै छ त्यसैले सुधार हुन एक पुस्ता पछि मात्रै हुने तामाङको मत छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार